१८ आश्विन २०८१, शुक्रबार
,
Latest
पूर्वराजा शाह र भुटानी राजाबीच भेट सिस्नेरी पहिरोमा ज्यान गुमाउने विद्यार्थीका परिवारलाई जनही रु दुई लाख विपद् प्रभावित पालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस बहुपक्षीय र क्षेत्रीय बैठकहरूमा सुनिने र देखिनेगरी नेपालको उपस्थिति रह्योः परराष्ट्रमन्त्री राणा प्रधानमन्त्रीसमक्ष उद्धार कोषमा एकैदिन साढे तीन करोड हस्तान्तरण आन्तरिक हवाई उडानतर्फ अत्यधिक चाप नेपालमा सभ्यतासम्बन्धि अन्तर्राष्ट्रिय सम्मेलन शुरु मन्त्री भण्डारीद्वारा खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी अवरुद्ध चार राजमार्ग आईतवारसम्ममा खुल्ने, विपी राजमार्ग दशैँअघि नखुल्ने विश्वकप एसिया छनोटको उद्घाटन खेल नेपालले थाइल्याण्डसँग खल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मतपत्र जलाउने नै बने कांग्रेस नगर सभापति



अ+ अ-

लमजुङ । कांग्रेस महाधिवेशनमा षड्यन्त्र गरेको भन्दै मतपत्र जलाउने श्रीकृष्ण पौडेल लमजुङको राइनास नगरपालिकाको सभापति पदमा विजयी भएका छन्। शेरबहादुर देउवा पक्षका नेताले षड्यन्त्र गरेको भन्दै मतपत्र जलाउने उनले शनिवार भएको निर्वाचनमा १ सय २२ मत ल्याउँदै सभापति पदमा जित हासिल गरेका हुन्।

रामचन्द्र पौडेल पक्षका उनले सभापतिका अर्का उम्मेद्वार नुरराज कडरियाले ७५ मत ल्याएको निर्वाचन अधिकृत दिनेश चिलुवालले जानकारी दिएका छन्। राइनासमा २ सय २ जना मतदाता छन्।

उपसभापतिमा सन्तोष गुरुङ र राजकुमार भुजेल, सचिवमा गोबिन्द चिलुवाल र चित्रकुमार श्रेष्ठ, सहसचिवमा मोहन शर्मा चिलुवाल र जनकराज न्यौपाने  विजयी भएका छन्। गत शनिवार कांग्रेसको जारी १४ औँ महाधिवेशन अन्तर्गत राइनास नगरपालिकामा विवाद भएको थियो। सभापति देउवा पक्षका नेताले षड्यन्त्र गरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले मतपत्र जलाएका थिए।