२४ भाद्र २०८३, बुधबार
,
Latest
माटोमा अम्लीयपन बढ्दै, उत्पादन घट्ने जोखिम झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन हुने ‘बाढीग्रस्त रसुवामा उद्धारसँगै राहत वितरणमा जोड’ प्रधानमन्त्री राहत कोषमा झण्डै १२ अर्ब रुपैयाँ मौज्दात रसुवा बाढीपछि प्रधानमन्त्री शाहद्वारा तीनवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गोकुल बाँस्कोटाको टिप्पणी : ‘त्यो किमार्थ क्रान्ति थिएन, नागरिक असन्तुष्टि मात्रै थियो’ हिंसात्मक घटनाका दोषीलाई कारबाही गर्न अध्यक्ष ओलीको आग्रह सातै प्रदेशमा पुगेर विद्यालय पाठ्यक्रम परिमार्जनका लागि सुझाव संकलन गरिँदै यातायातसम्बन्धी कानुन कार्यान्वयनका लागि आवश्यक संयन्त्र र जनशक्ति पनि तयार गर्नुपर्छ : राजेन्द्र विक्रम बानियाँ रसुवा बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३६७ पुग्यो, ५ हजारभन्दा बढी अझै सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

८९ वर्षीय गायक गुह्येश्वरीको दाफा गीत सार्वजनिक



अ+ अ-

काठमाडौं  । वाङमय शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीले देशमा कला र कलाकर्मीका नाममा प्रज्ञा प्रतिष्ठान बने पनि ती प्रतिष्ठान वाद्यवादक, गुरु र कलाकर्मीलाई नचिनेको बताउनुभएको छ । 

आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै शताब्दी पुरुष जोशीले देशको अमूर्त सम्पदाको रुपमा रहेका परम्परागत गीत संगीतको संरक्षणमा जनस्तरबाट ठुलो योगदान रहेपनि राज्यबाट अपेक्षाकृत रुपमा केही हुन नसकेको गुनासो गर्नुभयो । 

कार्यक्रममा ८९ वर्षीय गायक गुह्येश्वरी राज मानन्धरबाट स्वरबद्ध परम्परागत दाफा गीतहरु सार्वजनिक गरिएको थियो । शताब्दी पुरुष जोशीको साथमा नेपालभाषा साहित्यका जनकवि दुर्गालाल श्रेष्ठ, वौद्ध विद्वान फणिन्द्र रत्न बज्राचार्य, चर्या गुरु यज्ञमान पति बज्राचार्यले संयुक्त रुपमा मानन्धरबाट गाइएको दाफा गीतको भच्र्युंअल एल्बमको विमोचन गर्नुभयो । कार्यक्रममा मानन्धरका जम्मा ७ वटा गीतहरु सार्वजनिक गरिएको थियो । गीतहरुमा संगीतकार हरिशरण साय्मिले संगीत संयोजन गरेका छन् । सार्वजनिक गरिएका गीतहरु गायक मानन्धरकै युट्युब च्यानलमार्फत सार्वजनि गरिएको छ । सोही कार्यक्रममा मानन्धरको गीत ‘श्याम सुन्दर’ म्यूजिक भिडियोसमेत सार्वजनिक गरिएको थियो । 

कार्यक्रममा शताब्दी पुरुष जोशी, जनकवि दुर्गालाल, वौद्ध विद्वान फणिन्द्र रत्न, चर्या गुरु यज्ञमान पतिको साथमा दाफा गुरुहरुलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो । मन्तव्यको क्रममा जनकवि दुर्गालाल, वौद्ध विद्वान फणिन्द्र रत्न, चर्या गुरु यज्ञमान पतिको साथमा प्राध्यापक डाक्टर सिलु मानन्धर बज्राचार्य र प्राध्यापक डाक्टर पुष्कर बज्राचार्यले नेवार समाजमा परम्परागत दाफा गीतको महत्व र यसको संरक्षणमा गायक मानन्धरको योगदानको बारेमा चर्चा गरेका थिए ।