काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको २०७७/७८ लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १०.५२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
हाल संस्थाको चुक्ता पुँजी ७३ करोड १९ लाख रुपियाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात संस्थाको चुक्ता पुँजी ८० करोड ५० लाख रुपियाँ पुग्ने छ ।
गत असोज १५ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।