३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

जब जिब्रोका लागि खानेकुरा खोज्न थाल्छौं, स्वास्थ्यलाई पूरै उपेक्षा गर्छौं- अरुणा उप्रेती

जब जिब्रोका लागि खानेकुरा खोज्न थाल्छौं, स्वास्थ्यलाई पूरै उपेक्षा गर्छौं- अरुणा उप्रेती
अ+ अ-

‘ठूलोबडाको ठूलै नाम’ भनेझैं होटेलमा पकाएको बासी भातलाई १० चोटी तताइसकेको तेलमा भुटेर दिँदा पनि हामी ‘फ्राइड  राइस’ भन्दै मज्जाले पैसा तिरेर खान्छौं । जबकि, घरमा साँझ पकाएर राखेको भात बिहान खाँदा जुठो हुन्छ भनेर कुकुरलाई दिने गरिन्छ । रहरलाग्दा र मिठोमसिनो खानेकुरा देख्दा हाम्रो जिब्रो रसाउँछ । यही जिब्रो हो, हामीलाई धोका दिने । जब जिब्रोका लागि खानेकुरा खोज्न थाल्छौं, स्वास्थ्यलाई पूरै उपेक्षा गर्छौं । परिणाम, त्यसले स्वास्थ्यमा प्रतिकुल असर पुग्छ । जीर्ण र रोगी बनाउँछ ।

सानो जिब्रोको स्वादले भविष्यमा कति समस्या निम्त्याउँछ भन्ने हामी त्यति हेक्का राख्दैनौं । होटेलका चम्किला प्लेटमा सजाइएका अस्वस्थकर खानेकुराले स्वास्थ्यमा के के हानी पुर्याउँछ भन्ने हामी वास्ता राख्दैनौं । हाम्रो भोजनप्रतिको अज्ञानता, भएका खानेकुराको सदुपयोग गर्ने कला अभाव र प्याकेटका खानेकुरा मात्र “उत्तम हुने मानसिकताले नै हामीलाई अस्वस्थ बनाउँदै लगेको छ । अस्वस्थकर खानपानकै कारण हामीलाई रोग लाग्छ भन्नेसमेत बिचार नगर्दा हाम्रो लाखौं रुपैयाँ स्वास्थ्योपचारमै खर्च हुने गर्छ ।

अछाम, मुगुजस्ता जिल्ला पुग्दा स्थानीय रुपमा पाइने खानेकुरा भेटिएन । अछाममा कोदोको रोटी बनाउन होटेलकी साहुनीलाई अर्डर दिँदा उनले एक पटक माथिदेखि तलसम्म हेरिन् । ‘काठमाडौंबाट आएका मान्छेले पनि कोदो खान्छन् र ?’ उनले आश्चर्य प्रकट गरिन् । जौँ नै पाइने ठाउँमा जौँको पिठोको रोटी बनाइदेउ न,’ मैले भनें ।
फापरमा पाइने ‘रुटिन’ नामक तत्वले शरीरमा भिटामीन ‘सी’ को कामलाई बढाउन मद्दत गर्छ । अर्थात् शरीरको रोगसँग लड्ने शक्ति बढाउँछ र बुढ्यौलीको प्रक्रियालाई कम गराउँछ ।

‘जौँ त खाली पूजा गर्दा, ब्रत बस्दा मात्र खाने चलन छ,’ उनले भनिन् । कोदो, फापर, जौँ, मकै आदि स्वास्थ्यबर्धक अन्न हुन भनेर मैले आफ्ना छरछिमेकलाई भनें । शायद कमैले वास्ता गरे होलान् । ‘अब कहीं नपाएर हाम्रो खेतमा फल्ने मकै, कोदो, फापर पनि त्यस्तो गुणले भरिएका होलान् र ?’ कसैकसैको प्रतिक्रिया हुन्थ्यो ।

जौँ अति नै पोषणयुक्त अन्न हो । यसलाई टुसा उमारेर, पकाएर, उसिनेर, भुटेर खान सकिन्छ । चिसो मौसममा तातो तरकारी र दालको झोलमा जौको पिठो हालेर खानाले हाम्रो शरीरलाई सही पोषण दिन्छ । जौँले खानेकुराको स्वाद त बढाउँछ नै । यसमा म्याग्नेसियम, फस्फरजस्ता सुक्ष्म पोषण तत्वका साथै रेशादार पदार्थ पर्याप्त मात्रामा पाइन्छ । जौँले शरीरको आन्द्रा स्वस्थ राख्न ठूलो भूमिका निर्वाह गर्छ । यसमा रहेको रेशादार पदार्थले आन्द्रामा रहेको ‘असल किटाणु’ को रक्षा गर्छ । साथै, जौँको  अघुलनशील रेशादार पदार्थले शरीरमा  दबम कोलेस्टेरोल (बोसो) घटाउन मद्दत गर्छ । जौँ म्याग्नेसियम पाइने उत्तम स्रोत हो । म्याग्नेसियमले शरीरमा चिनीको मात्रालाई उचित ठाउँमा राख्न मद्दत गर्छ, मधुमेहका बिरामीलाई पनि सहायता पुर्याउँछ,  सुक्ष्म पोषण भएको कारणले जौँ एउटा उत्तमभोजन हो ।

फापर नेपालका विभिन्न ठाउँमा उमार्ने गरिन्छ र यसको खेती गर्न धेरै मेहनत पनि पर्दैन । तर, फापर उब्जिने ठाउँमा पनि यसको कम प्रयोग हुन थालेको छ । फापरले शरीरमा रहेको बोसो र उच्च रक्तचाप घटाउन मद्दत गर्छ । चीनमा आठ हजार ५५ जनालाई एक दिनमा एक सय ग्राम फापर दिएर केही समयपछि उनीहरुको रगत जाँच गर्दा यो तथ्य पत्ता लागेको थियो । गाउँघरतिर फापर सहजै उपलब्ध हुने भएकाले मानिसहरु महँगो चामल किनेर सस्तो फापर गाईवस्तुलाई खुवाउने गर्छन् । गहुँ र फापरको आँटा मिसाएर बनाएको रोटीमा शरीरलाई चाहिने धेरै पौष्टिक तत्व प्रदान गर्छ । फापरमा रहेको प्रोटिन उच्चस्तरको प्रोटिन मानिन्छ । यसरी विभिन्न किसिमका पौष्टिक तत्वहरु पाइने फापरलाई हेपेर हामीले पोषणसम्बन्धी समस्याहरु आफैं निम्त्याइरहेका छौं ।

यसरी घरमा रहेका, परापूर्वकालदेखि चलिआएका सस्ता खानेकुरा छाडेर महँगो खाना किन्दा बजेटमा पनि नराम्रो असर पार्छ । कुपोषणबाट उत्पन्न समस्या समाधान गर्न पैसा खर्च गर्नुपर्ने त छँदैछ, मानसिक तनाव पनि झेल्नुपर्ने हुन्छ । हामी स्वादको कुरा गर्छौं । तर, स्वाद केका लागि ?