• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   बैंगलोर नवौं पटक आईपीएल प्लेअफमा, चेन्नईलाई २७ रनले हरायो ★   काठमाडौँ महानगरपालिकाले जित्यो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल ★   राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन ★   सहकारी ठगि प्रकरणमा संसदीय समिति बनाउने सहमति ★   ‘कोपिलाका सुगन्ध’ बजारमा ★   नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार ★   न्यायालयमा व्यावसायिक सुधारका प्रशस्त प्रयास भएका छन्ः प्रधानन्यायाधीश ★   तनहुँमा पौडी खेल्ने क्रममा डुबेर दुई युवाको मृत्यु ★   संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा ★   ललितपुर मेयर कप महिला क्रिकेटः लगातार चौथो पटक एपिएफ च्याम्पियन

साउदी छिर्न खोज्ने सात यमनी आप्रवासी मारिए



साना । साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अबेरिबयाको सीमाक्षेत्रमा मारिएका छन् । ती आप्रवासीहरु जबर्जस्ती साउदी अरेबिया छिर्न खोजेको बताइएको छ । 

त्यस क्रममा भएको सीमा सुरक्षा बलको कारबाहीमा परेर ती आप्रबासीहरु मारिएका बताइएको छ । शुक्रबार यमनको मोनाबिह जिल्लामा ती आप्रवासी मारिएका हुन् । 

सीमामा पर्ने सो उपत्यकाबाट उनीहरु साउदी अरेबिया जान खोज्दै थिए । त्यसक्रममा अरु २१ जना घाइते भएका बताइएको छ । घाइतेहरुलाई यमनी अस्पतालमा पुर्‍याइएको छ ।

उक्त उपत्यकाबाट साउदी छिर्न खोज्ने कैयौँ आप्रवासीहरु र प्रहरीका बीचमा केही दिनयता भिडन्तहरु हुने गरेका पनि बताइएको छ । (रासस-सिन्ह्वा)