१७ माघ २०८१, बिहीबार
,
Latest
राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनशीपको उपाधि बागमती प्रदेशलाई सभापति कप फुटबलको उपाधि सङ्कटालाई मौलिक हक कार्यान्वयनका लागि आर्थिक सुदृढीकरण आवश्यक नेपालको विकास गर्न जापानको सहयोग निरन्तर रहन्छ : राजदूत मायदा प्रयागराज महाकुम्भमा अमृत स्नान गर्ने क्रममा भएको भागदौडको घटनामा राष्ट्रिय समता पार्टी नेपाल द्धारा दु:ख… गायिका रचना रिमालले सार्वजनिक गरिन् अफिसियल लोगो ताप्लेजुङमा लगानी मैत्री वातावरण बनाउन राजनीतिक दलहरु आग्रह सरकारले ल्याएका अध्यादेश माओवादीले अस्वीकार प्रस्ताव पदक विजेता रन्जितबहादुर डंगौरा सम्मानित वर्तमान गठबन्धन सरकार परिवर्तन हुँदैन : शेखर कोइराला
तपाईं के खोज्दै हुनुहुन्छ ?

समस्यासँग जुध्नसक्ने सिपमूलक शिक्षा आजको आवश्यकता



अ+ अ-

औद्योगिक र व्यवहारिक शिक्षा अहिलेको विश्वको आवश्यकता हो । यतिखेर मलाई लाग्छ जागिर खोज्ने मानिस बजारभरि छन् उता औद्योगिक प्रतिष्ठनहरुले भने खोजेको जनशक्ति पाएको छैन । अब यो ग्यापलाई जोड्न सक्ने शिक्षा हामीलाई चाहिएको छ । त्यसैले पश्चिमाहरुले विद्यालय, विश्वविद्यालयको क्लास रुमलाई कार्यस्थलसम्म जोड्नसक्ने शिक्षाको प्रारुप बनाउर लागू गरेका छन् ।

त्यस्तै भारतमै पनि बिरला इन्स्टीच्युट जस्ता संस्था छन् जसले विश्वविद्यालय शिक्षा पूरा गरेको जनशक्तिलाई एक किसीमको ब्रीज कोर्ष जस्तो दिन्छ र औद्योगिक प्रतिष्ठानहरुमा काम गर्नसक्ने गरी तयार गर्छ र काममा पठाउँछ ।

यसरी कसलाई केकस्तो जनशक्ति चाहिन्छ भनेर ब्रिज कोर्ष शिक्षा दिने एउटा कुरा हो यो भन्दा पनि क्लास रुमलाई नै व्यवहारिक शिक्षा मैत्री बनाउन सकिएमा राम्रो हुनेछ । व्यवहारिक शिक्षाले मानिसलाई पनि व्यवहारिक बन्न सिकाउँछ र यस्तो व्यक्तिका कारण समाज पनि व्यवहारिक बन्न सघाउ पुग्दछ ।

विद्या सबैभन्दा उच्च धन हो । ‘विद्या धनं सर्वधनं प्रधानं’ भनिएको छ । त्यसैले सबैभन्दा प्रधान यो धनलाई हामीले जीवन उपयोगी र मानव जीवनमा सार्थक बनाउन सक्नुपर्छ । त्यसका लागि पुस्तकमा पढेका सैद्धान्तिक ज्ञानलाई आ–आफ्ना कार्य स्थलसम्म उतार्न सक्ने शिक्षा हुनु जरुरी छ ।

हाम्रो समाजमा एउटा भनाई छ– कि पढेर जानिन्छ कि परेर । परेर जान्नु भनेको मानिसले भोग्नु र पुस्तकमा पढेका सैद्धान्तिक विषयलाई व्यवहारमा उतार्न सक्नु हो । हो, अहिले हामीलाई यस्तै शिक्षा चाहिएको छ । पुस्तकको ज्ञानलाई आफ्ना कर्मथलोमा प्रयोग र उपयोगमा ल्याउन सक्ने खालको शिक्षा हामीलाई चाहिएको छ ।

केही दशक यतादेखि पश्चिमाहरुले क्लास रुमलाई आफ्ना कार्यस्थलसम्म जोड्न सक्ने खालका अभ्यासहरु गराइरहेका छन् । ती अभ्यास पनि कक्षा कोठामै गराउने गर्छन् । जसका कारण त्यो जनशक्ति हातमा सर्टिफिकेट बोकेर कार्यस्थलसम्म जान सक्दछ ।

हुनत यसो भन्नु उपयुक्त हुन्छ या हुँदैन, हाम्रो समाजले पनि हाम्रो ग्राउन्ड रियालिटीलाई मनन गर्न नसक्दा अहिले देशको जनशक्ति विदेशिनुपरेको छ भन्ने मेरो अनुभव छ । जस्तो कि हिजो समाजले किसानलाई तल्लो स्तरको बर्गमा राखिदियो र शिक्षक या आधुनिक शिक्षालाई माथिल्लो ।

हाम्रो पाका पुस्ताले भन्ने गर्दथ्यो– पढ्दैनस् रु त्यसो भए हजो जोतेर खालास । यसरी हाम्रो समाजले हलो जोत्ने पेशालाई त मानौँ कि निकै तल्लो स्तरको कामका रुपमा चित्रण गर्यो । जसका कारण कृषि कर्म पछि पर्यो र किसानले समाजबाटै सम्मान पाएनन् । किसान हुनु समाजको तल्लो स्तरको काम थियो । अब शिक्षकले पनि यो बुझेर अबको जनशक्तिलाई कृषि कर्म प्रति सम्मान जगाउने शिक्षा दिनु जरुरी छ । किनभने किसान बन्नु भनेको मानिस आफै उद्यमी बन्नु पनि हो । अनि पढेलेखेकै मानिसले कृषि कर्म गर्नु भनेको पनि व्यवहारिक शिक्षा हो ।

विद्यालय होस् या विश्वविद्यालय । समाजको प्रबुद्ध बर्ग हो शिक्षक । शिक्षक बर्गलाई मेरो यो आग्रह छ कि यहाँहरुले विद्यार्थीलाई माछा मारेर नदिनुहोस्, बरु माछा मार्ने सीप सिकाउनुहोस् । मेरो बुझाइमा व्यवहारिक शिक्षा यही हो । यसले हरेक विद्यार्थीलाई मेहनत गर्न सिकाउँछ र मेहनती मानिस आफैमा उद्यमी बन्दछ । म मुलुकको उद्यम क्षेत्रको प्रतिनिधित्व गर्ने व्यक्ति भएकाले पनि यहाँहरुलाई यो सुझाव दिन चाहेको हो । किनभने उद्यमी व्यक्तिका हरेक बिहानी स्वर्णिम हुन्छन् । उद्यमीले आफै अवसरको सिर्जना गर्न सक्छ र उद्यमशील बन्न सक्छ ।

जस्तो कि अमेरिकाका पनि विद्यालय तहको शिक्षा पूरा गर्ने क्रममै विद्यार्थीलाई केही महिना जबमा पठाइन्छ । उसले त्यो उमेरमा जागिर पाएपछि पैसा चिन्छ र समयको महत्व बुझ्छ ।

हर मानिसले आफ्नो कमाइको माया गरेजस्तै ती विद्यार्थीले त्यो उमेरको पहिलो कमाइको जसरी व्यवस्थापन गर्न पनि सिक्ने छ ।त्यसले उसलाई आगामी जीवनका लागि पनि व्यवहारिक बन्न सिकाउँछ । यस्तो कमाइको व्यवस्थापनले उसलाई वित्तीय साक्षरताकाे अर्थ सिकाउने छ । मानिसको जीवनमावित्तीय साक्षरता अर्थ को धेरै ठूलो महत्व छ ।

अनुसन्धानका हरेक तहमा अनिवार्य रुपमा प्रयोग गर्ने एक विधि हो Statement of the Problem । कुनै विषयको अनुसन्धान सुरु गर्नुअघि त्यसमा समस्या के छ भनेर खोज्न लगाउनु नै Statement of the Problem हो । त्यसैले यहाँहरुको शिक्षा पद्दतिमा पनि सम्भावित समस्या र त्यो समस्यासँग जुध्नसक्ने सीप अहिले नै सिकाउन सकियो भने त्यसले विद्यार्थी, समाज र देशलाई नै फाइदा दिनेछ ।

किनभने कुनै पनि विषयको समस्या कहाँ छ भनेर पत्ता लगाउन सक्नु नै समाधान हो । जस्तो कि श्रीलंकामा अहिले देखिएका समस्याहरुको आँकलन समयमै हुन सकेको भए आज यो अवस्था सायद आउँदैनथ्यो ।

-नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशनमा व्यक्त गर्नुभएको विचारको सम्पादित अंश