१ पुष २०८२, मंगलवार
,
Latest
बाघ संरक्षणमा नेपालले प्राप्त गरेको उपलब्धि उदाहरणीय छः मन्त्री चौलागाईं सरकार र नागरिक बचाउ महाअभियानबीचको वार्ता सकारात्मक पुस दोस्रो साता राष्ट्रियसभाको बैठक बस्छः अध्यक्ष दाहाल युक्रेनमा क्षतिपूर्तिको निर्णयका लागि नयाँ समिति गठन बुधवारदेखि कार्यक्रम ‘कठघरा’ प्रसारण हुने: प्रश्न, जवाफ र उत्तरदायित्वको मञ्चको रुपमा विकास गरिने नेपालले चिकित्सकीय क्षमतालाई प्रदर्शन गरी महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्छः प्रधानमन्त्री अफगानिस्तानमा जबर्जस्ती निर्वासन रोक्न आममाफीको आग्रह नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग वैदेशिक रोजगारबाट फर्कने महिलाहरूमा मानसिक र सामाजिक समस्या बढ्दो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनशीपको उपाधि बागमती प्रदेशलाई



अ+ अ-

नवलपुर। गण्डकी प्रदेश खेलकुद परिषद्ले आयोजना गरेको राष्ट्रिय र्‍याफ्टिङ च्याम्पियनशीप २०८१ (अल्ट्र र्‍याफ्टिङ म्याराथन)को उपाधि बागमती प्रदेशले जितेको छ ।

गोरखाको गण्डकी गाउँपालिकाको फिस्लिङबाट नवलपुर, तनहुँ र चितवनमा अवस्थित त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल देवघाटको बेनीसम्म ५० किलोमिटरको दूरी सबैभन्दा चाँडो पार गर्दै बागमती प्रदेशले उपाधि जितेको हो । उसले रु ६० हजार पुरस्कार प्राप्त गरेको छ ।

बुधबार गोरखाबाट हिँडेको प्रतियोगीहरु आज दिउँसो देवघाट आइपुगेका हुन् । प्रतियोगिताको उपविजेता बनेको गण्डकी प्रदेशको समूहले रु ४० हजार पुरस्कार प्राप्त गरेको छ ।

प्रतियोगितामा तेस्रो हुने कोसी प्रदेशको समूहले रु २० हजार, चौथो हुने त्रिभुवन आर्मी ‘बी’ले रु १० हजार तथा सान्त्वना हुने त्रिभुवन आर्मी ‘ए’ले रु सात हजार पुरस्कार हात पारेको प्रतियोगिता संयोजक वसन्तराज दवाडीले जानकारी दिए।

गण्डकी प्रदेशमा पर्ने मनकामना मन्दिर र देवघाटधामलाई जलपर्यटनमार्फत जोड्ने उद्देश्यले साहसिक प्रतियोगिता गरिएको दवाडीको भनाइ छ ।  गण्डकी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले प्रतियोगितामार्फत धार्मिक पर्यटनलाई वृद्धि गर्दै आयआर्जन र रोजगारी वृद्धि गर्न सकिने बताए ।

जलमार्गबाट पोखरा र चितवन तथा मनकामना र त्रिवेणीलाई जोड्न सकिने भन्दै उनले यसको तयारीमा आफूहरु जुटेको बताए । खेलकुद बहुआयामिक क्षेत्र भएको भन्दै शर्माले नारायणीमा दौड, पौडी र साइक्लिङ गर्न सकिने धारणा व्यक्त गरेका छन् । “खेलकुदले कला, संस्कृति र धर्मलाई जोड्न र  राष्ट्रिय एकता बलियो बनाउन सहयोग गर्छ।

देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले प्रदेशकै धार्मिक पर्यटनको प्रबद्र्धन हुनेगरी प्रतियोगिता गर्नु सराहनीय काम भएको बताए । जलपर्यटन सुस्ताएका बेला यसरी प्रतियोगिता गरिँदा जलपर्यटनलाई चलायमान गराउन सकिने थापाको भनाइ थियो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालले यसप्रकारका प्रतियोगिताले खेल र धर्मलाई जोड्न समन्वयकारी भूमिका खेल्ने बताए ।

धार्मिक क्षेत्रलाई जोडेर खेलकुदका प्रतियोगिता गरिँदा खेलकुदसँगै धार्मिक क्षेत्रको विकासमा मद्दत पुग्छ । यस खेलले साहसिक खेलको विकास र धार्मिक क्षेत्रको प्रचार गर्न सहयोग पुगेको छ ।” खेल, जीवन र संस्कृतिलाई जोड्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिइनुपर्ने बरालको भनाइ छ । रासस