२० असार २०८३, शनिबार
,
Latest
काठमाडौँ महानगरपालिका पूर्ण खोप सुनिश्चित भएको घोषणा सरकारका १०० दिनः अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल ‘प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिबद्ध छ’ सरकारका १०० दिन : उखु किसानले १३ वटा चिनी मिलबाट पाए ९२ प्रतिशत रकम एक सय दिनमा नीतिगत सुधारमा अपेक्षाकृत नतिजा प्राप्त भएको छः मुख्यसचिव अर्याल सन् २०३५ सम्म पाँचवटा एकीकृत आरोग्य केन्द्र स्थापना गरिने संविधान संशोधन बहस कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने सरकारको १०० दिनः जेनजी आन्दोलनका घाइते र सहिद परिवारलाई एकीकृत राहत प्याकेज बागमती प्रदेशसभाबाट दुई विधेयक बहुमतले पारित सरकारका १०० दिनः नीतिगत सुधारमा जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

ताप्लेजुङमा लगानी मैत्री वातावरण बनाउन राजनीतिक दलहरु आग्रह



अ+ अ-

ताप्लेजुङ । ताप्लेजुङमा लगानी मैत्री वातावरण बनाउन राजनीतिक दलहरु आग्रह गरेको छन्।

ताप्लेजुङमा क्रियाशिल ६ राजनीतिक दलले आन्दोलनरत पक्ष,राज्यपक्ष र केवलकार निर्माण पक्षबिच वार्ता र सम्बाद गरी बिद्यमान असहज परिस्थतिको अन्त्य गर्न आग्रह गरेको हो ।

नेपाली कांग्रेस,नेकपा एमाले,नेकपामा (माओवादी केन्द्र),राष्ट्रिय स्वतन्त्र पार्टी,नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी पार्टी र नेपाल कम्युनिष्ट पार्टीले संयुक्त रुपमा प्रकाशित गरेको विज्ञप्तिमा ताप्लेजुङ जिल्लामा लगानीमैत्री वातावरण निर्माण गर्न सम्वन्धित सबैपक्षमा अनुरोध गरिएको छ ।