९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रयागराज महाकुम्भमा अमृत स्नान गर्ने क्रममा भएको भागदौडको घटनामा राष्ट्रिय समता पार्टी नेपाल द्धारा दु:ख व्यक्त



अ+ अ-

काठमाडौँ। राष्ट्रिय समता पार्टी नेपालद्धारा भारतको प्रयागराज महाकुम्भमा अमृत स्नान गर्ने क्रममा भएको भागदौडको घटनामा दु:ख व्यक्त गरेको छ ।

सो पार्टीका महासचिव अभिषेक तिवारीले आज एक प्रेस विज्ञप्ति प्रकासित गर्नु भई प्रयागराज महाकुम्भमा हिजो मौनी अमावश्याको दिन अमृत स्नान गर्ने क्रममा भएको हृदयविदारक भागदौडको घटनाबाट आफुहरु अत्यन्तै दु:खी भएको बताएका छन्।

महाकुम्भमा भएको भागदौडको घटना अत्यन्तै दु:खद भएको उहाँद्धारा प्रकासित विज्ञप्तिमा उल्लेख गरिएको छ । “उक्त हृदयविदारक घटनामा दिवंगत हुनुभएका आत्माहरूप्रति विनम्र श्रद्धाञ्जली अर्पण गर्दै घाइते हुनुभएका भक्तहरूका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौंँ साथै घाइते सबै भक्तजनहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछँैं ।

तीर्थराज प्रयागराज महाकुम्भमा जाने सम्पूर्ण भक्तजनहरुलाई कुनै पनि अफवाहमा ध्यान नदिई प्रशासनले दिएको निर्देशन पालना गर्नुका साथै महाकुम्भमा स्नान का लागी सहभागी हुने भक्तजनहरुले आफु नजिकैको घाटमा पवित्र स्नान गर्न हार्दिक अपिल गर्दछौँ ।” विज्ञप्तिमा भनिएको छ ।