२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिनु पर्छ: कमल थापा



अ+ अ-

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्ने जनाउनु भएको छ ।

सामाजिक संञ्जालमा अध्यक्ष थापाले लेख्नु भएको छ दलिय स्वार्थ भन्दा माथी उठेको राष्ट्रप्रमुख राजसंस्था मात्र हुन्छ ।

उहाँले लेख्नु भएको छ –

पूर्वराष्ट्रपति दलगत राजनीतिमा सक्रिय हुने नहुने कुरा व्यक्तिको चाहनाको विषय हो। दलको टिकटबाट निर्वाचित दलको नेता राष्ट्रपतिको पदमा रहँदा वा पदबाट हटेपछि पनि दलभन्दा बाहिर हुँदैन।पूर्वराष्ट्रपति राजनीतिमा आउन हुँदैन भन्नेले राजसंस्थाको पक्षमा उभिने हिम्मत गर्नुपर्छ। दलिय स्वार्थ भन्दा माथी उठेको राष्ट्रप्रमुख राजसंस्था मात्र हुन्छ। नेपालको भूराजनीतिक अवस्था र सामाजिक साँस्कृतिक परिवेशको सन्दर्भमा राजासहितको प्रजातन्त्र उपयुक्त हुन्छ।