काठमाडौँ। गायिका रचना रिमालले आफ्नो अफिसियल लोगो सार्वजनिक गरेकी छन्।
कलाकारले आफ्नो ब्राण्ड पहिचानलाई कायम राख्न लोगो सिर्जना गर्ने विश्वब्यापी अभ्यास छ । रिमालको अंग्रेजी नामको अघिल्लो अक्षर, संगीत र सर्वोच्च शिखर सगरमाथाको आकृति झल्कने गरि लोगो डिजाइन गरिएको छ ।
अर्घाखाँची महोत्सवको मंचबाट रचनाले लोगो सार्वजनिक गरेकी हुन् । यतिबेला स्टेज कार्यक्रममा व्यस्त उनले महोत्सवबाट लोगो सार्वजनिक गरेकी हुन्।