६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने News Polar नेपाल टेलिकमद्वारा भदौ महिनामा मात्र १३ स्थानमा नयाँ टेलिफोन टावर जडान News Polar कृषि रूपान्तरणका लागि स्पष्ट सङ्क्रमणकालीन कार्ययोजना बनाउन ‘खाद्यका लागि कृषि अभियान’को सुझाव News Polar सल्यानमा स्क्रब टाइफसको महामारीः सात जनाको मृत्यु, परीक्षण किटको अभावले जोखिम बढ्यो News Polar त्रिपुरेश्वर बस चालक आत्मदाह प्रकरणले संसद तरंगितः ट्राफिक ज्यादती र युवा निराशामाथि सांसदहरूको आक्रोश News Polar चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकको प्रतिवेदन मस्यौदा समितिमा पेश News Polar त्रिपुरेश्वरमा चालकको आत्मदाह घटनाः राज्य र यातायात क्षेत्रको ‘पोलिसिङ’ शैलीमाथि संसद्मा प्रश्न News Polar त्रिपुरेश्वरमा चालकको मृत्यु प्रकरणबारे उच्चस्तरीय छानबिन गर्न सरकारसँग माग News Polar प्रधानमन्त्री शाह अमेरिका प्रस्थान गर्दै, वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी News Polar कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी अर्थमन्त्री डा . स्वर्णिम वाग्लेलाई News Polar बाढी प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा News Polar दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध News Polar बाढी प्रभावित बालबालिकाको दीर्घकालीन शिक्षा र मनोसामाजिक सुरक्षामा ध्यान दिन समितिको आग्रह News Polar विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग

‘नेपथ्य’ अब पुस्तक पसलहरूमा प्रवेश गर्दै

‘नेपथ्य’ अब पुस्तक पसलहरूमा प्रवेश गर्दै
अ+ अ-

काठमाडौं: नेपथ्य’ पुस्तक अब भने डिजिटल सञ्जालबाट फैलिँदै यो सातादेखि विस्तृत पाठक घेरामा प्रवेश गर्नेभएको छ । तीन दशकभन्दा लामो अवधिदेखि प्रत्येक नेपाली युवा पुस्ताले आफ्नो ढुकढुकी बनाएर हुर्काएको नेपथ्य ब्याण्ड हालसम्म सुनिँदै आएकोमा अब भने ती सबैले यसलाई पढ्न पनि सक्ने भएका छन् 

 ब्याण्डका मियो अमृत गुरुङसँगको लामो संगतमा लेखक गिरीश गिरीले यो पुस्तक तयार पारेका हुन् 

 बजार व्यवस्थापनमा नयाँ प्रयोग थालनी गरिएको यस किताबलाई यसअघि अनलाइन प्रि अर्डर मार्फत घरघरमै उपलब्ध गराउने चरण सम्पन्न भइसकेको छ 

 यो पुस्तकको प्रि अर्डरलाई व्यवस्थापन गर्ने जिम्मेवारी हामीले पाएका थियौं,’ अनलाइनमार्फत किताब बेचबिखनमा अग्रणी भूमिका निर्वाह गर्दैआएको थुप्रै डटकमका राजु गोतामे भन्छन्, ‘आजसम्मै अनलाइन प्रि अर्डरबाट हामीले बेचेको सबैभन्दा धेरै किताबको रेकर्ड यस पुस्तकले राख्न सफल भइसकेको छ ।’

थुप्रै डटकमका अनुसार उसको वेबसाइट प्रयोग गरेर डिजिटल भुक्तानीमार्फत् दुई सातामै एक हजारभन्दा बढी प्रति पुस्तक बिक्री भएको थियो 

 यसरी इन्टरनेटको घेराबाटै पुस्तक हातपार्ने पाठकहरुको प्रतिक्रिया पनि सामाजिक सञ्जालमा देखिन सुरु भइसकेको छ । त्यसैमध्येका एक युवा पुस्तामाझ लोकप्रिय लेखक सुबिन भट्टराई पनि हुन् 

भर्खर भर्खरको तात्तातो भर्सीनै बाँकीविमोचन पनि भइनसकेको किताब,’ चर्चित उपन्यासकार भट्टराईले फेसबुक र एक्स (ट्विटर)मा तस्बिरसहित अगाडि लेखेका छन्, ‘नेपथ्यलाई जान्न र बुझ्न पढ्नैपर्ने ।’

 पुस्तकमा नेपथ्यको जन्मविभिन्न कालखण्डमा यसको उन्नति र अवनतिदेखि गीतको खोजीमा गरिएका संघर्षहरूको बेलिबिस्तार पढ्न सकिन्छ । त्यसैगरि संगीतबाट अर्जित लोकप्रियतालाई नेपाली समाजको समग्र हितमा कसरी उपयोग गर्न सकिन्छ भनेर गरिएका प्रयत्नहरुको जानकारी पनि यसले समेटेको छ 

यसरी अनलाइन बिक्रीको अध्यायसँगै अब आम पाठकको घेरा समात्न देशभित्र र बाहिरका समेत पुस्तक बिक्री केन्द्रहरुमा यस किताबको प्रवेश हुनलागेको हो 

सांगीतिक टोली ‘नेपथ्य’ र व्यवस्थापन समूह ‘नेपालय’को संगम भएको २५ वर्ष अवसर पारेर यस पुस्तकलाई ‘पब्लिकेशन नेपालय’ले प्रकाशन गरेको हो । त्यसैले यस किताबको आगमनलाई ‘२५ मय’ बनाइएको छ ।

पहिलो २५ भाग्यमानी ग्राहकलाई २५ रुपैयाँ मूल्य लिएर बिक्री सुरु गरिएको यस पुस्तकको बजारमा प्रवेश गर्ने दिन पनि दोस्रो महिना (फेब्रुअरी) को पाँच तारिखलाई नै तय गरिएको छ । अर्थात् यसै बुधबारका दिनदेखि पुस्तक सर्वत्र उपलब्ध हुनेछ ।

 एउटै किताबलाई २५ रुपैयाँदेखि दुई हजार २५ रुपैयाँसम्म मूल्य राखेर प्रि अर्डर लिँदै बिक्री गर्न सफल पब्लिकेशन नेपालयको आजसम्मकै नयाँ रणनीतिले पुस्तक बजारमै हलचल ल्याउनुका साथै पाठकहरुमा पनि हुटहुटी पैदा गरिदिएको छ,’ काठमाडौँ सिभिल मलस्थित बुकभर्स का सञ्चालक मिलर श्रेष्ठ भन्छन्, ‘पाठकहरुलाई किताबतर्फ आकर्षित गर्न नेपालयले अपनाएको यो सिर्जनशील तरिकाको प्रशंसा नगरिरहन सकिँदैन ।’

बजार व्यवस्थापनका विद्यार्थीसमेत रहेका मिलर नेपालमा पुस्तकको बिक्री तथा वितरण व्यवसायमा अनुभवी घरानाको दोस्रो पुस्ता हुन्। यतिखेर पुस्तकको बिक्री वितरण बढाउन परम्परागत प्रचार सामग्रीमा लाखौं रुपैयाँको खर्च भइरहेको अवस्थामा नेपथ्य पुस्तकका निम्ति नेपालयले अपनाएको यो नौलो तरिका अनुकरणीय रहेको उनको ठहर छ 

 नेपथ्यको पुस्तक एउटा ब्याण्डको जीवनी मात्र नभई तन्नेरी सपनाहरूका संघर्षको कथा पनि भएकोले युवा पुस्ताका लागि यो प्रेरणादायी हुनसक्छ,’ नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘सम्पूर्ण पाठकहरुका लागि अब प्रतीक्षाको घडी समाप्त भएको छ।’

 बुधबारदेखि मुलुकभरका प्रमुख पुस्तक पसलहरुमा उपलब्ध हुने साढे तीन सय पृष्ठको यस किताबलाई आठ सय १५ रुपैयाँ मूल्य तोकिएको छ । नेपाल बाहिर रहेका पाठकहरुको निम्ति यसलाई इबुक र अमेजनमार्फत पनि उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।