• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo
Latest
★   बजेटले पोखरा पर्यटकीय राजधानी बन्छ कि बन्दैन, भन्ने प्रश्न उठायो: सांसद बैरागी ★   जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँ: सांसद सापकोटा ★   संसदीय छानविन विशेष समितिले गृहमन्त्री लामिछानेमाथि पनि छानविन गर्छ: गगन थापा ★   पण्डित नवराज पौडेलको १०४ औं जन्म जयन्ती मनाईयो ★   भारतमा निर्वाचनको अन्तिम दिन मतदान स्थलमा खटिएका ३३ कर्मचारीको मृत्यु ★   सांसद न्यौपानेको प्रश्न: सिंहदरबारमा हाफपाइन्ट र चप्पल लगाउने सर्वसाधारणलाई किन प्रवेश दिइएन ? ★   वीरगञ्ज औद्योगिक क्षेत्रको विद्युत् आपूर्ति सुधार गरिँदै ★   गृहमन्त्रीले ट्राफिक कारबाहीमा परेकालाई सडकमा उभ्याएको भन्दै रामहरि खतिवडाको आपत्ति ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   गृहमन्त्री लामिछानेविरुद्धको रिटको पेशी न्यायाधीश श्रेष्ठको ईजलासमा

गठबन्धन सरकारको काम आफन्त पोस्ने जनताको अधिकार खोस्ने: केपी ओली



पर्वत। नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको सरकार आफन्त पोस्ने जनताको अधिकार खोस्ने काममा सग्लन रहेको आरोप लगाउनु भएको छ।स्थानीय तह निर्वाचनको सन्दर्भमा नेकपा एमाले पर्वतले सनिबार आयोजना गरेको सभामा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाउनु भएको हो ।

उहाँले भन्नुभयो ‘कांग्रेसको पछि लागेर व्यक्तिगत स्वर्थमा लिप्त कम्युनिस्टको बर्को ओढेकाहरु ले कतैबाट नसकेपछि अदालत गएर परमादेशबाट आफ्नै सरकार ढाले,अहिले गभर्नर आफ्नो मान्छे नभएकोले निलम्बन गरे । आफ्नै भाइलाई राष्ट्रिय सभाको सदस्य बनाए । सम्धीका साडुलाई मन्त्री बनाए । आफन्तलाई राजदूत बनाएर पठाएका छन् । आफन्त पोस्ने जनताको अधिकार खोस्ने । यीनीहरुको काम त्यही हो । त्यसकै लागि गठबन्धनको सरकार बनाएका हुन ।’

अध्यक्ष ओलीले आफ्नो पार्टीले देशको विकास गरेको देखेर अत्तालिएकाहरुलाई अबको निर्वाचनमा फेरि एकल दुईतिहाइ बहुमत ल्याएर देखाइदिने दाबी गर्नुभयो । सभामा उहाँले भन्नुभयो ‘जनताको लहर यसरी आएको छ । पाँच दलीय गठबन्धनका टुक्राहरु । चोइटाहरु यताउता ओल्तिर पल्तिर उथलपुथल हुनेछन,।’

कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो आफूले गरेका विकास देखिसहन नसकेर व्यक्तिगत स्वार्थमा लिप्त कम्युनिस्टको बर्को ओढेकाहरुले सरकार ढाले त्यसैले एमालेको बिजय अनिवार्य छ ।