२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धन सरकारको काम आफन्त पोस्ने जनताको अधिकार खोस्ने: केपी ओली



अ+ अ-

पर्वत। नेकपा एमालेका अध्यक्ष केपी ओलीले अहिलेको सरकार आफन्त पोस्ने जनताको अधिकार खोस्ने काममा सग्लन रहेको आरोप लगाउनु भएको छ।स्थानीय तह निर्वाचनको सन्दर्भमा नेकपा एमाले पर्वतले सनिबार आयोजना गरेको सभामा बोल्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाउनु भएको हो ।

उहाँले भन्नुभयो ‘कांग्रेसको पछि लागेर व्यक्तिगत स्वर्थमा लिप्त कम्युनिस्टको बर्को ओढेकाहरु ले कतैबाट नसकेपछि अदालत गएर परमादेशबाट आफ्नै सरकार ढाले,अहिले गभर्नर आफ्नो मान्छे नभएकोले निलम्बन गरे । आफ्नै भाइलाई राष्ट्रिय सभाको सदस्य बनाए । सम्धीका साडुलाई मन्त्री बनाए । आफन्तलाई राजदूत बनाएर पठाएका छन् । आफन्त पोस्ने जनताको अधिकार खोस्ने । यीनीहरुको काम त्यही हो । त्यसकै लागि गठबन्धनको सरकार बनाएका हुन ।’

अध्यक्ष ओलीले आफ्नो पार्टीले देशको विकास गरेको देखेर अत्तालिएकाहरुलाई अबको निर्वाचनमा फेरि एकल दुईतिहाइ बहुमत ल्याएर देखाइदिने दाबी गर्नुभयो । सभामा उहाँले भन्नुभयो ‘जनताको लहर यसरी आएको छ । पाँच दलीय गठबन्धनका टुक्राहरु । चोइटाहरु यताउता ओल्तिर पल्तिर उथलपुथल हुनेछन,।’

कार्यक्रममा अध्यक्ष ओलीले भन्नुभयो आफूले गरेका विकास देखिसहन नसकेर व्यक्तिगत स्वार्थमा लिप्त कम्युनिस्टको बर्को ओढेकाहरुले सरकार ढाले त्यसैले एमालेको बिजय अनिवार्य छ ।