• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   इरानी राष्ट्रपति इब्राहिम चढेको हेलिकोप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पर्‍यो, कोही पनि जिवित नरहेको आशंका ★   अमेरिकाको न्यूयोर्कमा झल्कियो नेपाल ★   रणनीति बनाउँदै कांग्रेस संसदीय दलको बैठक ★   पूर्वराजा ज्ञानेन्द्र शाहले आज ललितपुरका विभिन्न मन्दिरको दर्शन गर्ने ★   प्रमुख जिल्ला अधिकारीको सरुवालाई व्यवस्थित बनाउँदै गृह सचिव ★   दमौलीको मुख्यचोकका सटरमा भीषण आगलागी, तीन घण्टापछि नियन्त्रणमा-फोटो फिचर ★   हेलिकोप्टर दुर्घटनामा बेपत्ता इरानी राष्ट्रपति अझै भेटिएनन्, रुसले पठायो उद्धार टोली ★   प्रधानमन्त्रीको विश्वासको मत अनिश्चित ★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि

तीनै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै राखेर जानुको विकल्प छैन – नेता सिंह



काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले तीन वटै तहको निर्वाचनमा पाँच दलीय गठबन्धन कायमै राखेर जानुको विकल्प नरहेको बताउनु भएको छ ।

संविधानलाई जोगाएर लैजानका लागि पनि संघ, प्रदेश र स्थानीय तहको चुनावसम्म गठबन्धन कायमै राखेर अघि बढनुपर्ने काँग्रेस नेता सिंहको भनाई छ । शनिबार पार्टीले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले निर्वाचन जित्ने हो भने सिंगो पार्टी पंक्ति एकतावद्ध हुनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । निर्वाचनमा जाँदा कम्युनिष्टहरुले मौका पाउँदाखेरी त्यसलाई सदुपयोग गर्न नसकेको सन्देश जनतामा लैजानुपर्ने नेता सिंहको बताउनु भयो । उहाँले भन्नु भयो, ‘कम्युनिष्टहरुलाई मौका दिँदाखेरी त्यो मौकाको कम्युनिष्टहरुले सदुपयोग गर्नै सकेन । अव सिम्पल भाषामा भन्ने हो भने शान्ति प्रक्रिया त नेपाली काँग्रेसले प्रारम्भ गरेको हो नि त । हाम्रा आदरणीय नेता गिरिजाप्रसाद कोइरालाले गर्नु भएको हो नि त । तर म्यान्डेट कम्युनिष्टहरुले पायो ।

चार चार पटक कम्युनिष्ट नेताहरु प्रधानमन्त्री बने तर प्रथम संविधानसभाबाट संविधान त जारी भएन । जनताले म्यान्डेट दिँदा काम गर्न नसक्ने कम्युनिष्टहरु नै हुन । यिनीहरुले जनताको पक्षमा, राष्ट्रको हितका पक्षमा काम गर्न सक्दैनन् भनेर आगामी निर्वाचनमा म्यासेज दिन सक्नुपर्छ भन्ने मलाई लागेको छ । तर दोस्रो संविधानसभाबाट हाम्रो पार्टीको नेतृत्वमा संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान हामीले जारी ग¥यौं । काँग्रेस नेतृत्वमा संविधान जारी भयो । तर त्यसको कार्यान्वयनका लागि म्यान्डेट र काँग्रेसले पाउनुपर्ने हो नि । काँग्रेसले पाएन । फेरी कम्युनिष्टलाई जिम्मा पायो । यो गठबन्धनको बारेमा चाँही मैले भने नि अस्ती केन्द्रिय कार्य समितिको बैठकमा पनि मैले बोले । मैले भने–यो गठबन्धनको औचित्य चाँही समाप्त भएको हो त ? मैले प्रश्न गरे । मत भुक्तभोगी मैले भने नि ।

हाम्रो पार्टी सभापतिलाई २५ प्रतिशत पनि छैन पार्लियामेन्टमा के गर्न सक्छौ त भन्ने छ । यो गठबन्धनको उपाध्यता सकिएको हो त ? यो त बाँकि नै छ । ओलीले संविधानलाई जोगाएर ट्रयाकमा राख्न नसकेकोलाई संविधानलाई ट्रयाकमा लगिराख्नका लागि त अव हामीले गर्ने भनेको के हो त भन्दाखेरी तीन वटै तहको निर्वाचन सम्पन्न हुँदैछ । संविधान जोगाउनका लागि यो गठबन्धन आवश्यक भएको हुनाले काँग्रेसले अहिले पनि स्थानीय निर्वाचनमा पनि पनि औचित्य र आवश्यक्ताको आधारमा गठबन्धन गरेर जाने भनेको हो । यसमा सिरियस हुन जरुरी छ ।’

काँग्रेस नेता सिंहले ओली नेतृत्वको सरकारले संविधानमाथि नै प्रहार गर्न थालेपछि पार्टी सभापति शेरबहादुर देउवालाई सरकारको नेतृत्व लिनका लागि आफूहरुले अग्रसर गराएको पनि बताउनु भयो ।