२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्रकै कारण अब राजसंस्था फर्किदैन: महामन्त्री बर्तौला



अ+ अ-

हेटौंडा । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले ज्ञानेन्द्र कै भुमिकाको कारण अब नेपालमा राजा नफर्किने बताउनु भएको छ । आज राप्रपा नेपाल मकवानपुरद्वारा हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै बर्तौलाले अभिभावक बन्नु पर्ने राजा एउटा दल भित्र पनि गुट, समूह, ब्यक्ति खोज्दै हिड्न थालेपछी सक्रिय राजा बन्ने सपना अब सदाको लागि समाप्त भएको बताउनु भयो ।

हामिले मुलुक भित्रका सबै दल र शक्तिले स्वीकार्ने सेरेमोनियल राजाको कुरा गर्दा उनले अस्थिरता र अराजकता मार्फत सक्रिय राजाको भुमिकामा आउने रहर गरेपछी राजा कै एजेन्डा छोड्न बाध्य भएको समेत बर्तौलाले बताउनुभयो । राप्रपा र कमल थापालाई कमजोर बनाउने खेलमा निर्मल निवास प्रयोग भएको भन्दै बर्तौलाले आक्रोश समेत पोख्नुभयो ।

अहिले पनि राप्रपा नेपाल र कमल थापालाई राजनैतिक रुपमा समाप्त पार्ने षड्यन्त्र जारी रहेकोे भन्दै त्यो दिवास्वप्न मात्र हुने उहाँको दाबी थियो । कार्यक्रममा राप्रपा नेपालका नेताहरु बालकृष्ण कार्की , अम्बिका ढुंगाना , गुरु सापकोटा लगायतले बोलेका थिय ।