१ आश्विन २०८३, बिहीबार
,
Latest
फिफाको निलम्बन नफुके सोमबारदेखि नियमित गतिविधि सञ्चालन गर्ने एन्फाको चेतावनी सरकार राज्य सञ्चालनदेखि कृषि क्षेत्रसम्म असफल हुँदै गयो : सांसद भाट २०८३ को भैरव पुरस्कार आर.सी. रिजाललाई, प्रतिभा पुरस्कार चापागाईंलाई ग्सासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह राष्ट्रिय सेवा दल विधेयकसम्बन्धी राज्य व्यवस्था समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश महाधिवेशन एकतावद्ध रूपमा सम्पन्न गर्न आवश्यक लचकता अपनाउन तयार छु : गगन थापा बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने  ‘बायोटेक्नोलोजिस्ट’ को दरबन्दी थप्न पहल गर्छुः मन्त्री चौधरी सम्हाल्ने र समेट्ने कुरामा ध्यान दिएर पार्टीलाई एकतावद्ध बनाएर राख्छौँः सभापति थापा देवानगञ्ज र गोलबजार घटनाको छानबिन प्रतिवेदन सार्वजनिक गर्न सांसद मण्डलको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

ज्ञानेन्द्रकै कारण अब राजसंस्था फर्किदैन: महामन्त्री बर्तौला



अ+ अ-

हेटौंडा । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले ज्ञानेन्द्र कै भुमिकाको कारण अब नेपालमा राजा नफर्किने बताउनु भएको छ । आज राप्रपा नेपाल मकवानपुरद्वारा हेटौंडामा आयोजित कार्यक्रममा बोल्दै बर्तौलाले अभिभावक बन्नु पर्ने राजा एउटा दल भित्र पनि गुट, समूह, ब्यक्ति खोज्दै हिड्न थालेपछी सक्रिय राजा बन्ने सपना अब सदाको लागि समाप्त भएको बताउनु भयो ।

हामिले मुलुक भित्रका सबै दल र शक्तिले स्वीकार्ने सेरेमोनियल राजाको कुरा गर्दा उनले अस्थिरता र अराजकता मार्फत सक्रिय राजाको भुमिकामा आउने रहर गरेपछी राजा कै एजेन्डा छोड्न बाध्य भएको समेत बर्तौलाले बताउनुभयो । राप्रपा र कमल थापालाई कमजोर बनाउने खेलमा निर्मल निवास प्रयोग भएको भन्दै बर्तौलाले आक्रोश समेत पोख्नुभयो ।

अहिले पनि राप्रपा नेपाल र कमल थापालाई राजनैतिक रुपमा समाप्त पार्ने षड्यन्त्र जारी रहेकोे भन्दै त्यो दिवास्वप्न मात्र हुने उहाँको दाबी थियो । कार्यक्रममा राप्रपा नेपालका नेताहरु बालकृष्ण कार्की , अम्बिका ढुंगाना , गुरु सापकोटा लगायतले बोलेका थिय ।