२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘काटिएको तार पुनः जोडिन्छ’



अ+ अ-

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्ना संरचना प्रयोग गर्ने तर भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन प्रदायकहरूको काटिएको तार हाललाई पुनः जडान गरिएको जनाएको छ । पटक–पटकको सूचना र ताकेतालाई अटेर गरेको भन्दै प्राधिकरणले केही स्थानमा साङ्केतिक रूपमा शनिबार तार काटेको दाबी गरेको छ । तार काट्दा उपभोक्तामा परेको असुविधाप्रति प्राधिकरणले क्षमा पनि मागेको छ ।

प्राधिकरणले आइतबार विज्ञप्ति जारी गरी केही सेवा प्रदायकले नियमअनुसार सम्झौता नगरी विद्युतीय संरचना प्रयोग गरिरहेको, माग भएबमोजिम जीपीएस कोअर्डिनेट नक्सा तथा दूरी खुल्ने कागजात पेस गरी नवीकरण नगरेको, परिमार्जित भाडादर भुक्तानी गर्न आनाकानी गरेको जनाएको छ । पटक–पटक सार्वजनिक सूचनामार्फत तत्काल सम्झौता गर्न आउन अनुरोध गरिएको भए पनि कतिपय कम्पनी सम्झौता गर्न नआएको उल्लेख गरेको छ । प्राधिकरणका अनुसार नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम), एनसेल, सीजी नेट, डिसहोम, फाइबर वल्र्ड कम्युनिकेसनलगायतले नयाँ भाडादरका आधारमा प्राधिकरणसँग सम्झौता गरी भाडा बुझाइसकेका छन् ।

“प्राधिकरणको संरचना प्रयोग गरी उपभोक्ताबाट आफ्नो सेवाको शुल्क लिने तर निर्धारण गरिएको भाडादर तिर्न केही सेवा प्रदायकले अस्वीकार गरेपछि शनिबार त्यस्ता सेवा प्रदायकले प्रयोग गरिएको तारको कनेक्सन केही ठाउँमा साङ्केतिक रूपमा विच्छेद गरिएको थियो,” विज्ञप्तिमा भनिएको छ, “यस्तो कार्य इन्टरनेट तथा टेलिभिजनका प्रयोगकर्ता आमउपभोक्तालाई सेवा प्रयोग गर्नबाट वञ्चित गराउन खोजिएको हाइन । ” सरकारद्वारा गठित समितिले सिफारिस गरेको भाडादरअनुसार नै सम्झौता गर्न, नवीकरण गर्न र हालसम्मको बक्यौता रहेको भाडादर भुक्तानी गरिदिन सेवा प्रदायकलाई पटक–पटक अनुरोध गरिएको विज्ञप्तिमा उल्लेख छ ।

बाहिर चर्चामा ल्याएजस्तो भाडादरमा उल्लेख्य वृद्धि नगरिएकोे र सेवा प्रदायकले उपभोक्ताबाट लिइरहेकोे शुल्कभन्दा भाडादर न्यून रहेको प्राधिकरणको दाबी छ । त्यस्तै केही सेवा प्रदायकले पाँच वर्षदेखि कुनै किसिमको भाडासमेत नबुझाई प्राधिकरणको संरचना प्रयोग गर्ने तर ग्राहकबाट शुल्क भने उठाइरहेको विज्ञप्तिमा जनाइएको छ । प्राधिकरणले तत्काल आफूले जडान गरेका तारको परिमाणसहित प्राधिकरणसँग सम्झौता गर्न आउन सेवा प्रदायकहरूलाई अपिलसमेत गरेको छ । समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ । 




भर्खरै