७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० देशका लागि राजदूत सिफारिस, को कहाँ ?



अ+ अ-

काठमाडौं । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । स्थानीय निकायको निर्बाचनका लागि निर्वाचन आयोगले आचार संहिता लगाउने भएपछि सरकारले बिहिबारको मन्त्रीपरिषद्को बैठक बाट राजदूत नियुक्ति गरेको हो ।

सरकारले बिभिन्न दल आबद्ध १२ जना र परराष्ट्र सेवामा ८ जना राजदूतका लागि सरकारले सिफारिस गरेको हो । सरकारले चीनका लागि माओबादी नेता विष्णुपुकार श्रेष्ठ, रसियाका लागि नेकपा एसका नेता मिलन तुलाधर ,अष्ट्रेलियाका लागि नेता माधब नेपालका आफन्त कैलाश पोखरेल र हालै मात्र ओमन बाट फर्किनु भएकी शर्मिला पराजुली ढकाललाई स्पेनका लागि सिफारिस गरिएको छ ।

यसै गरी दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, डेनमार्कका लागि प्रा.डा. रामसोगरथ राय यादव, साउदी अरेबियाका लागि नवराज सुवेदी राजदूत सिफारिस हुनु भएको छ । यसै गरी दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, श्रीलंकाका लागि बासुदेव मिश्र, मलेसियाका लागि डिल्लीराज पौडेल, र इजरायलका लागि शान्ता रिजाल सिफारिस हुनु भएको छ ।

सरकारले परराष्ट्र मन्त्रालयका कर्मचारीहरु घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले र दुर्गाबहादुर सुवेदी पनि राजदूतमा सिफारिस गरेकाे र उहाँहरु लाई सिफारिस गरिएको मुलुक भने सार्बजनिक गरिएको छैन ।

सिफारिस भएका व्यक्तिहरुको संसदीय सुनुवाई सकिएपछि राष्ट्रपतिले नियुक्ति गर्ने सबैधानिक व्यवस्था रहेको छ ।