१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

२० देशका लागि राजदूत सिफारिस, को कहाँ ?



अ+ अ-

काठमाडौं । सरकारले विभिन्न २० देशका लागि नेपाली राजदूत सिफारिस गरेको छ । स्थानीय निकायको निर्बाचनका लागि निर्वाचन आयोगले आचार संहिता लगाउने भएपछि सरकारले बिहिबारको मन्त्रीपरिषद्को बैठक बाट राजदूत नियुक्ति गरेको हो ।

सरकारले बिभिन्न दल आबद्ध १२ जना र परराष्ट्र सेवामा ८ जना राजदूतका लागि सरकारले सिफारिस गरेको हो । सरकारले चीनका लागि माओबादी नेता विष्णुपुकार श्रेष्ठ, रसियाका लागि नेकपा एसका नेता मिलन तुलाधर ,अष्ट्रेलियाका लागि नेता माधब नेपालका आफन्त कैलाश पोखरेल र हालै मात्र ओमन बाट फर्किनु भएकी शर्मिला पराजुली ढकाललाई स्पेनका लागि सिफारिस गरिएको छ ।

यसै गरी दक्षिण कोरियाका लागि ज्योति प्याकुरेल, डेनमार्कका लागि प्रा.डा. रामसोगरथ राय यादव, साउदी अरेबियाका लागि नवराज सुवेदी राजदूत सिफारिस हुनु भएको छ । यसै गरी दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ, श्रीलंकाका लागि बासुदेव मिश्र, मलेसियाका लागि डिल्लीराज पौडेल, र इजरायलका लागि शान्ता रिजाल सिफारिस हुनु भएको छ ।

सरकारले परराष्ट्र मन्त्रालयका कर्मचारीहरु घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तीर्थराज वाग्ले, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले र दुर्गाबहादुर सुवेदी पनि राजदूतमा सिफारिस गरेकाे र उहाँहरु लाई सिफारिस गरिएको मुलुक भने सार्बजनिक गरिएको छैन ।

सिफारिस भएका व्यक्तिहरुको संसदीय सुनुवाई सकिएपछि राष्ट्रपतिले नियुक्ति गर्ने सबैधानिक व्यवस्था रहेको छ ।