३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

जडीबुटीका राजा शिलाजीतको फाइदा बारे जान्नुस्

जडीबुटीका राजा शिलाजीतको फाइदा बारे जान्नुस्
अ+ अ-

काठमाडौं । आयुर्वेदमा शिलाजीतको खुब प्रशंसा गरिएको छ र यसलाई जडीबुटीहरूको राजा मानिएको छ । नेपालका पहाडहरूमा पाइने जडीबुटीमा शिलाजीतको विशिष्ट स्थान रहेको छ । बलपुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण शिलाजीतमा पाइन्छ ।

रोगीको रोग हटाउनका लागि मात्र नभई स्वस्थ व्यक्तिका लागि पनि शिलाजीतको बडो महत्व छ । यौन दौर्बल्य अर्थात् नपुंसकताबाट पीडित विवाहित व्यक्तिले मात्र नभई अविवाहित युवकले पनि यसको सेवन गर्दा लाभ पाउँछ ।

विशेषगरी मधुमेह, धातुक्षीणता, बहुमूत्र, स्वप्नदोष, शारीरक दुर्बलता लगायतका रोगहरू यसले निर्मूल बनाइदिन्छ । उचित समयमा उचित योगका साथ विधिपूर्वक शिलाजीतको प्रयोग गर्दा असाध्य मानिएका रोग पनि नष्ट हुन्छन् ।

शुद्ध शिलाजीत १० ग्राम, केशर दुई ग्राम, अम्बर दुई ग्राम मिसाएर मजाले घोटेर दुई दुई रत्तीको गोली बनाउनुस् । यसलाई बिहान बेलुका दूधसँग खानुस् । स्वप्नदोष आउन बन्द हुन्छ अनि शरीरमा बल र पुष्टि आउँछ ।

शीघ्रस्खलनका रोगी विवाहित पुरुषले यसको सेवन गर्दा समस्या समाधान हुन्छ । अमिलो कुरा नखाइकन कम्तीमा पनि ६० दिन यसरी शिलाजीत खानुपर्छ ।

आयुर्वेदका अनुसार शिलाजीतको उत्पत्ति पत्थरबाट भएको हो । संस्कृतमा पत्थरलाई शिला भनिन्छ । गर्मीको मौसममा पर्वतका चट्टानहरूबाट धातुको अंश पग्लेर चुहिन थाल्छ । यही चुहिएको पदार्थ शिलाजीत हो । हेर्दाखेरी यो अलकत्रा जस्तो कालो र गाढा देखिन्छ । सुकेपछि यो एकदम चमकिलो हुन्छ ।

यो तीतो, कसिएको र तातो हुन्छ । शिलाजीतको मुख्य उद्देश्य शरीरलाई बल दिएर स्वस्थ, शक्तिशाली र पुष्ट बनाउनु हो । शिलाजीत सुक्दाखेरी गोमूत्रजस्तो गन्ध आउँछ । यसको सेवनले सेक्स पावर मात्र बढ्ने नभई बुढ्यौलीका समस्या पनि समाधान हुन्छन् ।

शिलाजीत चार प्रकारका हुन्छन् : रजत, स्वर्ण, लौह र ताम्र । प्रत्येक प्रकारको शिलाजीतका गुण तथा लाभ पनि प्रकृति अनुसार नै हुन्छ ।

पित्त प्रकोप (एसिडिटी) वा अम्लपित्त (हाइपर एसिडटी) बाट पीडित रोगी, आँखा रातो हुने समस्या, पेटको अल्सर, शरीरको ताप, अंगमा जलन जस्ता समस्या भएका व्यक्तिले शिलाजीत सेवन गर्नु हुँदैन ।

शिलाजीतको सेवन गर्दा रातो खुर्सानी, तातो खाना र पेयपदार्थ, मसालेदार भोजन, मासु, अण्डा, रक्सी, माछा, मकै, सक्खर जस्ता खानेकुरा खानु हुँदैन । त्यस्तै राति जागा बस्ने, बिहान ढिलोसम्म सुत्ने, मलमूत्रको वेग रोक्ने अनि असाध्यै श्रम वा व्यायाम गने पनि गर्नु हुँदैन ।

बजारमा शिलाजितका नाममा जे पायो त्यही वस्तु पनि पाइन्छन् । आधिकारिक ठाउँबाट मात्र शिलाजीत किन्नु उपयुक्त हुन्छ । सिंहदरबार वैद्यखानामा पाइने शिलाजीत शुद्धताको कसीमा खरो उत्रिएकाले त्यहाँबाट किन्ने सल्लाह दिइन्छ । (एजेन्सीको सहयोगमा)