• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo
Latest
★   वीर अस्पतालको अनुगमनमा जे देखियो… ★   सद्भाव फैलाउन बुद्ध शिक्षामा विश्वास गरौँ : प्रधानमन्त्री ★   स्वयम्भूनाथ परिसरमा सागा दावाको उत्सव-फोटो फिचर ★   गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न राप्रपाको माग ★   पृथ्वीको तापक्रम १.५ डिग्री माथि बढ्न नदिन सबैको पहल आवश्यक ★   श्रीराम चिनी मिलको समस्या समाधान गर्न कार्यदल ★   गृहमन्त्री र महान्यायाधिवक्ताविरुद्ध रिट दर्ता गर्न सर्वोच्चको आदेश ★   सन्दीपलाई लिएर क्यान सचिव पारस अमेरिकी दूतावासमा ★   राज्यका निकायप्रति नागरिकको विश्वास बढाउन सकिएन स्वतः बढ्ने निरासाले आक्रोश जन्माउँछ: गृहमन्त्री लामिछाने ★   बङ्लादेशमा चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको सूची हेरफेरसम्बन्धी समस्या समाधान

इसेवा मार्फत कुनैपनि बैंकको क्रेडिट कार्ड भुक्तानी निशुल्क गर्न सकिने



काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत कुनैपनि बैंक तथा वित्तीय संस्थाको क्रेडिट कार्ड भुक्तानी निशुल्क गर्न सकिने भएको छ ।

अनलाइन मार्फत क्रेडिट कार्ड भुक्तानी गर्ने कार्यलाई प्रोत्साहन गर्न इसेवाले यो सुविधा ल्याएको हो । जसले गर्दा बैंक तथा वित्तीय संस्थाबाट क्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकर्तालाई ठुलो सहजता हुने अपेक्षा गरिएको छ । यो योजना अप्रिल ३० सम्म सञ्चालन हुनेछ । नेपालमा पछिल्ला दिनमा क्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकर्ताको संख्या निकै बढिरहेको छ । इसेवामा हाल ५० भन्दा बढि बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।

इसेवा एकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाईल मार्फत सहजै क्रेडिट कार्ड भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका प्रयोगकर्ताले नजिकै रहेका इसेवा जोन, पोइन्ट तथा क्यास पोइन्ट मार्फत क्रेडिट कार्ड रकम भुक्तानी गर्न सक्नेछन् ।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।