२३ भाद्र २०८३, मंगलवार
,
Latest
प्रचारप्रसारको अभावमा कोशी टप्पुमा विदेशी पर्यटक न्यून राष्ट्रपति पौडेलले पशुपतिनाथमा विशेष संकल्प पूजा गर्ने दूधे पिँडालु भोजपुरका किसानको आम्दानीको स्रोत बन्दै सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छः ऊर्जामन्त्री श्रेष्ठ दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

इसेवा मार्फत कुनैपनि बैंकको क्रेडिट कार्ड भुक्तानी निशुल्क गर्न सकिने



अ+ अ-

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत कुनैपनि बैंक तथा वित्तीय संस्थाको क्रेडिट कार्ड भुक्तानी निशुल्क गर्न सकिने भएको छ ।

अनलाइन मार्फत क्रेडिट कार्ड भुक्तानी गर्ने कार्यलाई प्रोत्साहन गर्न इसेवाले यो सुविधा ल्याएको हो । जसले गर्दा बैंक तथा वित्तीय संस्थाबाट क्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकर्तालाई ठुलो सहजता हुने अपेक्षा गरिएको छ । यो योजना अप्रिल ३० सम्म सञ्चालन हुनेछ । नेपालमा पछिल्ला दिनमा क्रेडिट कार्ड प्रयोग गर्ने प्रयोगकर्ताको संख्या निकै बढिरहेको छ । इसेवामा हाल ५० भन्दा बढि बैंक तथा वित्तीय संस्था आवद्ध छन् ।

इसेवा एकाउन्ट भएका प्रयोगकर्ताले आफ्नो मोबाईल मार्फत सहजै क्रेडिट कार्ड भुक्तानी गर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका प्रयोगकर्ताले नजिकै रहेका इसेवा जोन, पोइन्ट तथा क्यास पोइन्ट मार्फत क्रेडिट कार्ड रकम भुक्तानी गर्न सक्नेछन् ।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।