२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग

वीर अस्पतालको अनुगमनमा जे देखियो…

वीर अस्पतालको अनुगमनमा जे देखियो…
अ अ+ अ-

काठमाडौं । चर्कँदो गर्मी र थामिनसक्नुको भीड । औषधिको पूर्जी लिएर वीर अस्पतालको फार्मेसी अगाडि लामबद्ध शर्मिला गौतम घरीघरी पछ्यौरी अनुहारको पसिना पुछ्दै हुनुहुन्थ्यो ।

“लाइनमा बसेको एकघण्टा भयो होला, खोइ पालो आउँदैन”, उहाँले भन्नुभयो, “स्वास्थ्य बीमाबाट सुविधा पनि यहाँ नपाएर बाहिर किन्नुपर्ने अवस्था आउँछ ।” एक घण्टा जति लाइनमा बसेपनि उहाँले औषधि पाउनुभएन । उहाँ मन खिन्न बनाउँदै बाहिरको निजी फार्मेसीतर्फ लाग्नुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज वीर अस्पतालमा अनुगमन गर्दाको दृश्य हो यो । अनुगमनका क्रममा सर्वसाधारणका गुनासा सुन्न उहाँ त्यहाँ पुग्नुभएको थियो । सर्वसाधारणले फार्मेसीमा पसलमा औषधि नभएको पीडा पोख्दै हुनुहुन्थ्यो । मन्त्री यादवसामू धेरै सर्वसाधारणले स्वास्थ्य बीमा व्यवस्थित हुन नसकेको गुनासो गर्नुभएको थियो ।

स्याङ्जाका चिन्तानारायण खनालले पनि मन्त्री सामू बीमाको भुक्तानी पाउन पाँच दिन लगातार धाएको सुनाउनुभयो । घन्टौँ लाइन बस्दा पनि अन्तिममा ‘सिस्टम’ बिग्रेको भन्दै घर पठाउने गरेको उहाँले गुनासो गर्नुभयो ।

उहाँले भन्नभयो, “प्रशासनमा गएर कराएपछि तुरुन्तै सिस्टम बन्यो र आज औषधि पाइयो, यो त हामीमाथि गरिएको ज्याजति भएन र रु” खनालले भन्नुभयो । अस्पतालमा स्वास्थ्य बीमासम्बन्धी कुनै पनि छुट्टै डेस्क छैन । त्यसले गर्दा बिरामीले सहजै प्रक्रियामा आउन कठिन भएको सेवाग्राहीको भनाइ थियो ।

चिन्ता नारायणले ८४ वर्षको आमालाई उपचार गर्न अस्पताल ल्याउनुभएको थियो । स्वास्थ्य बीमाको भुक्तानी सहजै नहुँदा उहाँले वृद्ध आमा बोक्दै भौतारिनु परेको सुनाउनुभयो ।

अछामबाट उपचारका लागि वीर अस्पताल उपचार गर्न आउनुभएका भुवन सिंहले आफूले विहान आठ बजे टिकट लिए पनि दिउँसो २ बजेसम्म पालो नआएको गुनासो गर्नुभयो । पालो कुर्दाकुर्दै दिन अस्पतालमै दिन बितेको उहाँले गुनासो गर्नुभयो ।

मन्त्री यादवसँग उहाँले प्रत्यक्ष गुनासो राख्नुभयो । मन्त्री यादवसँग कुरा राखेपछि उहाँले आठ घण्टापछि डाक्टरलाई भेट्न पाउनुभयो । मन्त्री यादवसँगै सेवाग्राहीको गुनासो सुनिरहनुभएका अस्पतालका उपकुलपति डा भुपेन्द्र बस्नेतले सेवाग्राहीका गुनासो सम्बोधनका लागि आफूहरु लागिपरेको बताउँदै आगामी दिनमा अझ सुधार गर्ने प्रतिबद्धता जनाउनुभयो । “विदेशमा डाक्टर भेट्न महिनौ कुर्नुपर्छ, यहाँ आठ घन्टामै पाउनुभयो”, उहाँले भन्नुभयो । उपकुलपतिको जवाफ सुनेपछि मन्त्री यादवले सेवालाई छिटो छरितो र प्रभावकारी बनाउन निर्देशन दिनुभयो ।

त्यसपछि अनुगमन टोली आकस्मिक कक्ष पुग्यो । त्यहाँ एउटै शय्यामा दुई जना विरामीले उपचार लिइरहेको अवस्था थियो । सर्लाहीकी शोभा बुढाथोकीले रुँदै मन्त्री यादवसमक्ष गुनासो लिएर आउनुभयो । श्ययामा प्यारलाइसिस भएकी बिरामी दिदीलाई तुरुन्तै सघन उपचार कक्षको आवश्यकता परेकोले समस्या समाधान गरिन उहाँले अनुरोध गर्नुभयो । “आर्थिक स्थिति बलियो छैन, सर्लाहीबाट काठमाडौँ उपचार गर्न आएको आइसियु खाली छैन”, उहाँले भन्नभयो, “महँगो अस्पतालमा जाने अवस्था छैन ।”

अस्पतालको सघन उपचार कक्ष, अकस्मिक कक्ष, ओपिडीलगायत सबै क्षेत्रमा मन्त्रीले अनुगमन गर्दा स्थिति नाजुक देखियो । बिरामीको चाप बढ्दै गएपछि एउटा कक्षा सञ्चालन गर्ने कोठा खाली गराएर ओपिडी सञ्चालन गर्न लागिएको उपकुलपति डा बस्नेतले बताउनुभयो ।

आकस्मिक कक्षमा चार वटा सघन उपचार कक्ष छन् । नर्सिङ जनशक्ति नहुँदा सबै सञ्चालनमा आएका छैनन् । स्वास्थ्य निमयअनुसार एउटा श्ययामा एक नर्स हुनुपर्ने हो । तर जनशक्तिको अभावले आकस्मिक कक्षभर दुई जना नर्सको भरमा धानिनुपरेको आकस्मिक कक्ष प्रमुख डा सुरेश नेपालले बताउनुभयो ।

उहाँका अनुसार वीर अस्पतालमा कम्तीमा १२ जना चिकित्सक हुनुपर्छ । यद्यपि हाल चार जना चिकित्सकले मात्रै सेवा दिइरहनुभएको छ । चार जना चिकित्सकले अस्पतालको आठ वटा विभाग हेर्नुपर्ने अर्को बाध्यता छ । त्यस्तै अस्पतालमा बिरामीको चाप बढेर दैनिक दुईदेखि तीन हजार पुगेको छ । जनशक्ति नहुँदा सेवाग्राहीले छिटोछरितो सेवा पाउन सम्भव नभएको डा नेपालले बताउनुभयो ।

वीर अस्पतालको औषधि पसलमा सेवाग्राहीले घन्टौँ लाइन लागेर बस्नुपर्ने, स्वास्थ्य बीमामा तोकिएको औषधि नपाइनेजस्ता समस्या भोग्नुभएको बताउनुभयो । अनुगमनपछि भने उपकुलपतिले स्वास्थ्य बीमाको औषधि व्यवस्थापन छिट्टै हुने बताउनभुयो । अस्पतालका उपकुलपति बस्नेतले भने स्वास्थ्य बीमासम्बन्धी औषधि अभाव भएको स्वीकार गर्दै अबको दुई साताभित्र औषधिको पूर्ति गर्ने बताउनुभएको छ । रासस