२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

निधिको निवासमा तीन नेताबीच भेट, मिलेर जाने सहमति



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका दाबेदार तीन नेताबीच मिलेर जाने सहमति भएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा सोमबार नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच भेट भएको थियो । भेटमा महाधिवेशनमा सहमति जुटाएर मिलेर जाने सहमति भएको सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिए ।

तीन नेता बानेश्वरस्थित निधि निवासमा भेला भएका थिए । लामिछानेकाअनुसार तीन नेताबीच तीन सहमति भएको छ ।

पहिलो बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यता विवाद तत्कालै टुंगोमा पुर्‍याउने, क्रियाशील सदस्यको कारण महाधिवेन तालिका प्रभावित हुन नदिने र तोकिएकै समयमा सम्पन्न गराउनुपर्नेमा सहमत भएका छन् ।

दोस्रो तीनै नेताले सरकारलाई तत्काल पूर्णता दिनुपर्ने निष्कर्ष निकालेका छन् । तेस्रो सहमति जुटाएर मिलेर जाने र थप छलफल भेटघाटको दायरा बढाउँदै जाने निष्कर्ष निकालेको लामिछानेले बताए ।

निधिका प्रेस सहयोगी रामजी दाहालले बानेश्वरमा तीन नेताबीच महाधिवेशन र सभापति पदमा उम्मेदवारीबारे गम्भीर छलफल भएको जानकारी दिए ।, यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।