३ पुष २०८२, बिहीबार
,
Latest
जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित) सरकारी संरचना निर्माणमा स्वदेशी वन पैदावारको प्रयोग बढाउनुपर्छः मन्त्री चौलागाईं चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

निधिको निवासमा तीन नेताबीच भेट, मिलेर जाने सहमति



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको सभापतिका दाबेदार तीन नेताबीच मिलेर जाने सहमति भएको छ । महाधिवेशनको मिति नजिकिँदै गर्दा सोमबार नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच भेट भएको थियो । भेटमा महाधिवेशनमा सहमति जुटाएर मिलेर जाने सहमति भएको सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिए ।

तीन नेता बानेश्वरस्थित निधि निवासमा भेला भएका थिए । लामिछानेकाअनुसार तीन नेताबीच तीन सहमति भएको छ ।

पहिलो बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यता विवाद तत्कालै टुंगोमा पुर्‍याउने, क्रियाशील सदस्यको कारण महाधिवेन तालिका प्रभावित हुन नदिने र तोकिएकै समयमा सम्पन्न गराउनुपर्नेमा सहमत भएका छन् ।

दोस्रो तीनै नेताले सरकारलाई तत्काल पूर्णता दिनुपर्ने निष्कर्ष निकालेका छन् । तेस्रो सहमति जुटाएर मिलेर जाने र थप छलफल भेटघाटको दायरा बढाउँदै जाने निष्कर्ष निकालेको लामिछानेले बताए ।

निधिका प्रेस सहयोगी रामजी दाहालले बानेश्वरमा तीन नेताबीच महाधिवेशन र सभापति पदमा उम्मेदवारीबारे गम्भीर छलफल भएको जानकारी दिए ।, यो समाचार नागरिक दैनिकमा प्रकाशित छ ।