२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न नीतिगत तथा संस्थागत कब्जा अन्त्य गर्न निर्मम बन्छौँः अर्थमन्त्री वाग्ले फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु एयरलाइन्सको यात्रा शतप्रतिशत महँगो



अ+ अ-

काठमाडौं । दशैंको मुखमा एयरलाइन्सको भाडा करिब शतप्रतिशत महँगो भएको छ । ‘अक्कुपेन्सी’ का कारण टिकट महँगो भएको एयरलाइन्सहरुको भनाइ छ ।

‘केही समयअघि ३ हजार रुपियाँमा पाइने टिकटका लागि अहिले तपाईंले ५र६ हजार रुपियाँ तिर्नुपरेको सही हो, तर हामीले मूल्य बढाएका छैनौं’, बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भन्नुभयो– ‘नागरिक उड्डयन प्राधिकरणले तोकेभन्दा बढी हामीले भाडा लिन पाउँदैनौं ।’

अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य बढ्दा नेपालमा पनि त्यसको असर पर्छ, तर अहिले यात्रुको चापका कारण मूल्य बढेजस्तो लागेको मात्र हो भन्ने धारणा उहाँको थियो ।

तर, अन्तर्राष्ट्रिय बजारमा भने हवाई टिकटको मूल्य ६ सय प्रतिशतसम्म बढेको छ । नेपालबाट अस्ट्रेलिया जाने यात्रुले ८० हजारमा टिकट पाउँथे भने अहिले ६ लाखभन्दा माथि टिकटको मूल्य छ ।

वैशाली ट्राभल्सका एमडी राजेन्द्र भट्टराई भन्नुहुन्छ– ‘काठमाडौं–नयाँदिल्लीको टिकट ९ हजारमा पाइन्थ्यो, तर अहिले ३० हजार पुगेको छ, सिड्नीका लागि हामीले टिकट काट्दैनौं, यद्यपि नेटमा हेर्दा ६ लाखको हाराहारीमा देखाउँछ ।’

टाइम्स अफ इन्डियाले सोमबार प्रकाशित गरेको समाचारअनुसार भारतको आन्तरिक उडानमा १२।५ प्रतिशतसम्म भाडा बढेको छ । कोभिडको असरका कारण भाडा वृद्धि भएको उसले जनाएको छ । भारतमा गत जुन १ मा मात्र १५ प्रतिशत हवाई भाडा बढाइसकिएको थियो ।

अस्ट्रेलियाको भाडा अत्यधिक रूपमा वृद्धि हुनुको पछाडि त्यहाँको सरकारले कोरोना नियन्त्रणका रूपमा आवागमनलाई लिएका कारण पनि हो, एक ट्राभलर कम्पनीका व्यवस्थापक भन्छन्– ‘एकातिर फ्लाइट नै छैन, यात्रुको संख्या अधिक छ, अर्कातिर सरकारकै नीति बाहिरबाट कोही नआऊन् भन्ने भएपछि हवाई टिकटको मूल्य बढ्नु स्वाभाविकै हो ।’, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।