३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

घरेलु एयरलाइन्सको यात्रा शतप्रतिशत महँगो



अ+ अ-

काठमाडौं । दशैंको मुखमा एयरलाइन्सको भाडा करिब शतप्रतिशत महँगो भएको छ । ‘अक्कुपेन्सी’ का कारण टिकट महँगो भएको एयरलाइन्सहरुको भनाइ छ ।

‘केही समयअघि ३ हजार रुपियाँमा पाइने टिकटका लागि अहिले तपाईंले ५र६ हजार रुपियाँ तिर्नुपरेको सही हो, तर हामीले मूल्य बढाएका छैनौं’, बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णले भन्नुभयो– ‘नागरिक उड्डयन प्राधिकरणले तोकेभन्दा बढी हामीले भाडा लिन पाउँदैनौं ।’

अन्तर्राष्ट्रिय बजारमा हवाई इन्धनको मूल्य बढ्दा नेपालमा पनि त्यसको असर पर्छ, तर अहिले यात्रुको चापका कारण मूल्य बढेजस्तो लागेको मात्र हो भन्ने धारणा उहाँको थियो ।

तर, अन्तर्राष्ट्रिय बजारमा भने हवाई टिकटको मूल्य ६ सय प्रतिशतसम्म बढेको छ । नेपालबाट अस्ट्रेलिया जाने यात्रुले ८० हजारमा टिकट पाउँथे भने अहिले ६ लाखभन्दा माथि टिकटको मूल्य छ ।

वैशाली ट्राभल्सका एमडी राजेन्द्र भट्टराई भन्नुहुन्छ– ‘काठमाडौं–नयाँदिल्लीको टिकट ९ हजारमा पाइन्थ्यो, तर अहिले ३० हजार पुगेको छ, सिड्नीका लागि हामीले टिकट काट्दैनौं, यद्यपि नेटमा हेर्दा ६ लाखको हाराहारीमा देखाउँछ ।’

टाइम्स अफ इन्डियाले सोमबार प्रकाशित गरेको समाचारअनुसार भारतको आन्तरिक उडानमा १२।५ प्रतिशतसम्म भाडा बढेको छ । कोभिडको असरका कारण भाडा वृद्धि भएको उसले जनाएको छ । भारतमा गत जुन १ मा मात्र १५ प्रतिशत हवाई भाडा बढाइसकिएको थियो ।

अस्ट्रेलियाको भाडा अत्यधिक रूपमा वृद्धि हुनुको पछाडि त्यहाँको सरकारले कोरोना नियन्त्रणका रूपमा आवागमनलाई लिएका कारण पनि हो, एक ट्राभलर कम्पनीका व्यवस्थापक भन्छन्– ‘एकातिर फ्लाइट नै छैन, यात्रुको संख्या अधिक छ, अर्कातिर सरकारकै नीति बाहिरबाट कोही नआऊन् भन्ने भएपछि हवाई टिकटको मूल्य बढ्नु स्वाभाविकै हो ।’, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।