३ पुष २०८२, बिहीबार
,
Latest
व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल एमाले उपमहासचिवमा लेखराज, रघुवीर र योगेश विजयी एमाले उपाध्यक्षमा पृथ्वी ,विष्णु ,रामबहादुर,गोकर्ण र रघुजी बिजयी एमाले महासचिवमा शंकर पोखरेल विजयी एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी झुठ्ठा विवरण पेस गरी नागरिकता र राहदानी बनाउने तीन जना पक्राउ मतगणना अपडेटः उपमहासचिवमा शीर्ष तीनमा परेनन् विष्णु रिमाल १ हजार १३९ मत गन्दा ओलीको ८४३ मत, अरु कसले कति पाए (सूचीसहित)
तपाईं के खोज्दै हुनुहुन्छ ?

राहदानी बनाउनेको भीड



फाईल फोटो
अ+ अ-

काठमाडौं । पछिल्लो समय राहदानी बनाउनेको भीड बढेको छ ।

परराष्ट्र मन्त्रालयअन्तर्गत रहेको राहदानी विभागमा केही समययता राहदानी बनाउनेको लर्को नै देखिन्छ । बिहानै झिसमिसेदेखि नै राहदानी बनाउन लाममा बस्नेको ताँती लाग्ने गरेको छ ।

कोभिड–१९ सङ्कटका कारण विदेश आवतजावत कम भएकाले विगतमा झन्डै दुई वर्ष राहदानी बनाउनेको सङ्ख्या निकै कम रहेको विभागले जनाएको छ । अब कोभिड खोप अभियान र कोभिडविरुद्धको सावधानी बढेसँगै अवस्था सहज नबनेकाले पनि नयाँ राहदानी बनाउनेहरू बढेको विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए ।

उनका अनुसार वैदेशिक रोजगारीको अवसर र मार्ग दुवै खुलेकाले पनि राहदानी बनाउनेको भीड लागेको हो । उनले भने, “दशैँ आसपास प्रायः राहदानी बनाउनेको भीड नै हुन्छ, त्यसमाथि यस पटक कोभिड महामारीको बन्दाबन्दी पनि खुलेकाले बढी भीड देखिएको हो ।”

विभाग नयाँ विद्युतीय राहदानी नेपाल भित्र्याउने तरखरमा रहेका बेला मिति सकिएकै कारण पनि कतिपय नेपाली नागरिक बाध्यतावश हालकै अवस्थामा एमआरपी राहदानी बनाउन आएका छन् । आउनेमध्ये विदेशमा रहेका आफन्तको साथमा दशैँ, तिहार मनाउने उद्देश्यका साथ त्यता जान राहदानी तथा अन्य कागजपत्र बनाउन आउने गरेको उनले बताएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।