५ बैशाख २०८२, शुक्रबार
April 18, 2025 Friday

26.27°C

काठमाडौं

26.27°C

Kathmandu

Feels-like: 26.27

Wind: 2.57

Humidity: 47

Latest
हमास गाजा युद्ध अन्त्य गर्ने कैदी आदान–प्रदान सम्झौताका लागि तयार चालकले सात डलर चोर्दा ८४ हजार डलरको पेन्सन गुम्यो राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट डा.गुणाकर भट्टले दिए राजीनामा कर्मचारी ट्रेड युनियनले राज्य व्यवस्था समिति सभापतिलाई बुझाए ११ बुँदे मागपत्र संविधानविरोधी गतिविधि स्वीकार्य छैनः गृहमन्त्री लेखक सेटमै झगडा गरेपछि असीमलाई ‘ब्याटलग्राउन्ड’बाट पनि निकालिदै ! आईपीएलमा आज आरसीबी भर्सेस पीबीकेएसः ब्याटिङमा कोहली र अय्यर भिड्दै उच्च बिन्दुमा पुगेको सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ? हेटौँडा सिमेन्ट उद्योग सञ्चालनमा सात दशकदेखि स्वाद चखाउँदै धनकुटे नरिवल बिस्कुट
तपाईं के खोज्दै हुनुहुन्छ ?

वेदकोटका मेयरसहितका जनप्रतिनिधि एमाले परित्याग गर्दै नेकपा एसमा प्रवेश



अ+ अ-

धनगढी। कञ्चनपुरको वेदकोट नगरपालिकाका मेयरसहितका जनप्रतिनिधि नेकपा एमाले परित्याग गर्दै नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा एमालेबाट विजयी मेयर अशोककुमार चन्दसहितका जनप्रतिनिधि एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका हुन् ।

मेयर चन्दसहित वेदकोट नगरपालिकामा एमालेबाट निर्वाचित भएका ४ जना वडाध्यक्ष र वडा सदस्य लगायतका जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । उनीहरुलाई एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी प्रवेश गराएका हुन् । वेदकोट नगरपालिका– ३ दैजीमा आयोजित कार्यक्रममा उनीहरुलाई नेता नेपालले पार्टीमा स्वागत गरे ।

उनी पछिल्लो केही महिनायता एमालेसँग असन्तुष्ट रहँदै आएका थिए । उनले पार्टीभित्रबाट पेलानमा परेको कारणले एकीकृत समाजवादी रोजेको बताए ।