• २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
  •   Unicode
Logo
Latest
★   इन्टरनेट सेवामा समस्या, भुक्तानी नगर्दा काटियो नेट ★   चीनमा सडक भाँसिदा हुँदा मृत्यु हुनेको सङ्ख्या ४८ पुग्यो ★   कर्णालीका जनतालाई सडक चाहिएको छ: प्रमुख सचेतक शाही ★   क्यान को सरकारसँग माग: सूचना प्रविधि उद्योगग्रामको लागि आवश्यक बजेटको व्यवस्था गरौँ ★   मेयर बालेन्द्रलक्षित ओलीको टिप्पणी: सुकुम्वासीलाई तर्साउने काम नगरौं ★   विश्वकपका लागि छानिएको टोली अहिलेको ‘बेस्ट १५’: कप्तान रोहित ★   प्रतिस्पर्धात्मक जनशक्ति उत्पादनमा केन्द्रित हुन नवनियुक्त उपकुलपतिहरूलाई प्रधानमन्त्रीको निर्देशन ★   प्रिमियर शोपछि कलाकारहरु भन्छन्: ‘चलचित्र ‘मनसरा’ सबै फूलहरुको एउटै बगैँचा’ ★   देश भर चार सय ३६ स्थानमा डढेलो ★   मुगुका यार्सा पाटन जेठ १५ बाट प्रवेश खुला गरिने

पोर्चुगलका नयाँ प्रधानमन्त्रीद्वारा सपथ ग्रहण



लिस्वान । पोर्चुगलको नयाँ प्रधानमन्त्रीमा नियुक्त एन्टोनियो कोस्टाले सपथ ग्रहण गर्नु भएको छ ।

राष्ट्रपति मर्केल रिबेल डे साउसाले उहाँलाई बुधबार प्रधानमन्त्रीका रुपमा नियुक्त गर्नु भएको थियो ।

सपथ ग्रहण समारोहमा राष्ट्रपति साउसाले अहिलेको सरकार विषेश परिस्थितिमा बनेकाले यसले अहिलेको आवश्यकता अनुसारको काम गर्न सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री कोस्टले महत्वकाङ्क्षाका साथ सरकारका कामलाई अगाडि बढाउने प्रतिवद्धता जनाउनु भयो ।

“हामी के गर्नेछौँ भन्ने कुरा जनतालाई पहिले नै भनेका छौँ, जनताका बीचमा परेको प्रतिवद्धता अनुसारका काम गर्ने छौँ,” उहाँले भन्नुभयो ।

राजनीतिक सङ्कटबाट मुलुकलाई निकास दिँदै नयाँ चरणमा मुलुकलाई लैजानु पर्ने खाँचो रहेको पनि उहाँले बताउनुभयो ।