११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar चोलेन्द्र पक्राउ प्रकरणमा रक्षा बमको आपत्ति– ‘जेनजीको नाममा विधि र प्रक्रिया मिचियो’ News Polar बाढीका कारण १ हजार मेगावाट विद्युत उत्पादन अवरुद्ध News Polar दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु News Polar कांग्रेसको देउवा पक्षीय समूह पनि समानान्तर महाधिवेशनको तयारीमा News Polar कमजोर बन्दै न्यून चापीय प्रणाली News Polar सुरक्षा थ्रेट भन्दै मध्यरातमा चौकी पुर्‍याईएका राणा घर फर्किए News Polar बाढीपहिरोले विद्युत् प्रसारण तथा वितरण संरचनामा क्षति, ३५८ मेगावाट उत्पादन प्रभावित News Polar पृथ्वी राजमार्गको मलेखु–मुग्लिङ खण्ड खुलाउन १० उपकरण परिचालन, पहिरो पन्छाउने कार्य जारी News Polar प्रशासकको ज्ञान, विवेक र आचरणबाट राज्यको अनुहार प्रतिबिम्बित हुन्छ : डा. भट्ट News Polar लगातारको वर्षाले नदी तथा खोलामा बाढीको जोखिम बढ्यो, गण्डकीका केही जिल्ला अति उच्च जोखिममा News Polar सूर्यविनायकमा राष्ट्रिय प्राणी उद्यान निर्माण गर्न प्रदेश सरकार तयार News Polar मधेस प्रदेशमा बाढीपहिरोको वितण्डा, तीन सयभन्दा बढी घर डुबानमा News Polar अविरल वर्षाले अछामको पहलमान सिंह स्वाँर मार्गको यातायात सेवा प्रभावित News Polar विश्वविद्यालय र तालिम प्रतिष्ठानबीच सहकार्य आवश्यक : उपकुलपति थापा News Polar स्टाफ कलेजलाई ‘उत्कृष्टताको केन्द्र’ बनाइने : सचिव भुजेल News Polar भोटेकोशी बाढीपछि अभिभावकविहीन बालबालिकाको विवरण सात दिनभित्र बुझाउन निर्देशन News Polar घट्टे खोलाको बाढीबाट बस्ती जोगाउन रु दुई करोड निकासा गर्ने मुख्यमन्त्रीको घोषणा News Polar नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने News Polar भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग News Polar वर्षाका कारण कांग्रेसका अधिवेशन कार्यक्रम प्रभावित, सुरक्षा प्राथमिकतामा राख्न सभापति थापाको आग्रह

नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण

नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण
अ अ+ अ-

काठमाण्डौ  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ्गले काठमाण्डौ महानगरपालिका वडा नं ३२ स्थित कोटेश्वर, त्रिदेवीनगर हुँदै कोटदेवी मन्दीरसम्मको सडकको स्थलगत निरीक्षण गरि सो सडक चौडा गर्न तत्कालैदखि पहल गर्ने आश्वासन दिएका छन् ।

मन्त्री तामाङ्गले सो क्षेत्रको मंगलबार साँझ स्थलगत निरीक्षण गरेपछि स्थानीय वासिन्दालाई सो आश्वासन दिएका हुन । मन्त्री तामाङ्गको स्थलगत निरीक्षण क्रममा नेकपा माओवादी केन्द्रका नेता लिलामणी पोखरेल, बागमती प्रदेशका सांसद सुनिल केसी तथा माओवादी केन्द्रका स्थानीय नेताहरु रञ्जना पौडेल, रामसुन्दर श्रेष्ठ तथा कार्यकर्ताको साथै दिपनगर टोल सुधार समितिका अध्यक्ष नानीकाजी केसीलगायत पदाधिकारीहरुको उपस्थिति थियो ।

त्रिदेवीनगरमा सो मन्त्रालय अन्तर्गत हवाई विभागको स्वामित्वको ४५० रोपनी जग्गाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडारसंग सम्वन्धित उपकरण ‘भिओर डिएमई’ रहेको छ । विगत केही वर्षदेखि सो क्षेत्रको वरिपरि अग्लो तारजाली लगाएर नेपाली सेनाको ब्रिजिङ्ग शाखाले सुरक्षा दिँदै आएको छ भने त्यस जग्गाको पुर्व, पश्चिम र दक्षिणतर्फ १३ फिट चौडा पीच सडक रहेको छ ।
बैशाख ९ गते साँझ सो जग्गाभित्रको नर्कटघारीमा आगो काठमाण्डौ, ललितपुर र भक्तपुरका ४ वटा दमकलले एक घण्टा लगाएर निभाएका थिए ।

त्यसमध्येको एउटा दमकलको पानी सकिएर दोस्रो पटक पानी भर्न जाने क्रममा साँघुरो सडक र घुम्ती नपुगेपछि ऐश्वर्यमार्गको मोडबाट दमकल निस्किन नसकेपछि बागमती प्रदेशका सांसद सुनिल केसीले तत्कालैदेखि सो सडक विस्तार गर्न पहल गर्ने बताएका थिए । त्यसको भोलिपल्टदेखि सो सडक चौडा गर्ने विषयमा टोलवासीको हस्ताक्षर संकलन कार्य शुरु गरिएको थियो ।

अरनिको राजमार्गको कोटेश्वरको दक्षिण तथा कोटेश्वर—चक्रपथ खण्डको पुर्वतिर रहेको टोल, त्रिदेवीनगरस्थित ट्राफिक प्रहरी प्रभागको पश्चिमदेखि कोटदेवी मन्दीरसम्मको करीव ५ सय मिटर लामो ऐश्वर्यमार्ग सडकलाई १३ फिटबाट विस्तार गरि २० फिट चौडा गर्ने विषयमा त्रिदेवीनगर, सुर्यकोट र नरेफाँटका वासिन्दाले केही दिनअघि मन्त्रालयमै पुगेर मन्त्रीलाई संयुक्त निवेदन दिएका थिए ।
नेकपा माओवादी केन्द्रका नेता लिलामणी पोखरेल र पुर्वमन्त्री शशि श्रेष्ठको अगुवाई तथा बागमती प्रदेशका सांसद सुनिल केसी लगायत टोलवासीको सहभागितामा सो सडक विस्तार गर्ने विषयमा ती तीनवटा टोलका वासिन्दाको संयुक्त हस्ताक्षर संकलन गरि मन्त्री तामाङ्गलाई बुझाएका थिए ।

‘भिओर डिएमई’को सुरक्षा संवेदशनशिलतालाई मध्यनजर गर्दै आगलागी जस्ता घटना भएमा तत्काल उद्धार तथा नियन्त्रणका लागि दमकल, र सुरक्षाका लागि प्रहरीका गाडी तथा विरामीका लागि एम्बुलेन्सलाई सहज आवागमनका लागि १३ फिटे सो सडकलाई २० फिट चौडा गर्नेगरि तत्कालैदेखि आवश्यक पहल गर्ने मन्त्री तामाङ्गको आश्वासन थियो ।

ऐश्वयमार्गको सो सडक कोटेश्वर चोकमा सवारी आवागमनमा चाप भएको बेला कोटदेवी मन्दीरदेखि भाटभटेनी सुपर मार्केट हुदै बालकुमारी पुल तथा नरेफाँट हुँदै जडिबुटीसम्म जाने वैकल्पिक सडक पनि हो ।