• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी ★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट

नागरिक उड्डयनमन्त्री तामाङ्गद्वारा त्रिदेवीनगर, कोटेश्वरको सडक चौडा गर्न स्थलगत निरीक्षण



काठमाण्डौ  । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङ्गले काठमाण्डौ महानगरपालिका वडा नं ३२ स्थित कोटेश्वर, त्रिदेवीनगर हुँदै कोटदेवी मन्दीरसम्मको सडकको स्थलगत निरीक्षण गरि सो सडक चौडा गर्न तत्कालैदखि पहल गर्ने आश्वासन दिएका छन् ।

मन्त्री तामाङ्गले सो क्षेत्रको मंगलबार साँझ स्थलगत निरीक्षण गरेपछि स्थानीय वासिन्दालाई सो आश्वासन दिएका हुन । मन्त्री तामाङ्गको स्थलगत निरीक्षण क्रममा नेकपा माओवादी केन्द्रका नेता लिलामणी पोखरेल, बागमती प्रदेशका सांसद सुनिल केसी तथा माओवादी केन्द्रका स्थानीय नेताहरु रञ्जना पौडेल, रामसुन्दर श्रेष्ठ तथा कार्यकर्ताको साथै दिपनगर टोल सुधार समितिका अध्यक्ष नानीकाजी केसीलगायत पदाधिकारीहरुको उपस्थिति थियो ।

त्रिदेवीनगरमा सो मन्त्रालय अन्तर्गत हवाई विभागको स्वामित्वको ४५० रोपनी जग्गाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको राडारसंग सम्वन्धित उपकरण ‘भिओर डिएमई’ रहेको छ । विगत केही वर्षदेखि सो क्षेत्रको वरिपरि अग्लो तारजाली लगाएर नेपाली सेनाको ब्रिजिङ्ग शाखाले सुरक्षा दिँदै आएको छ भने त्यस जग्गाको पुर्व, पश्चिम र दक्षिणतर्फ १३ फिट चौडा पीच सडक रहेको छ ।
बैशाख ९ गते साँझ सो जग्गाभित्रको नर्कटघारीमा आगो काठमाण्डौ, ललितपुर र भक्तपुरका ४ वटा दमकलले एक घण्टा लगाएर निभाएका थिए ।

त्यसमध्येको एउटा दमकलको पानी सकिएर दोस्रो पटक पानी भर्न जाने क्रममा साँघुरो सडक र घुम्ती नपुगेपछि ऐश्वर्यमार्गको मोडबाट दमकल निस्किन नसकेपछि बागमती प्रदेशका सांसद सुनिल केसीले तत्कालैदेखि सो सडक विस्तार गर्न पहल गर्ने बताएका थिए । त्यसको भोलिपल्टदेखि सो सडक चौडा गर्ने विषयमा टोलवासीको हस्ताक्षर संकलन कार्य शुरु गरिएको थियो ।

अरनिको राजमार्गको कोटेश्वरको दक्षिण तथा कोटेश्वर—चक्रपथ खण्डको पुर्वतिर रहेको टोल, त्रिदेवीनगरस्थित ट्राफिक प्रहरी प्रभागको पश्चिमदेखि कोटदेवी मन्दीरसम्मको करीव ५ सय मिटर लामो ऐश्वर्यमार्ग सडकलाई १३ फिटबाट विस्तार गरि २० फिट चौडा गर्ने विषयमा त्रिदेवीनगर, सुर्यकोट र नरेफाँटका वासिन्दाले केही दिनअघि मन्त्रालयमै पुगेर मन्त्रीलाई संयुक्त निवेदन दिएका थिए ।
नेकपा माओवादी केन्द्रका नेता लिलामणी पोखरेल र पुर्वमन्त्री शशि श्रेष्ठको अगुवाई तथा बागमती प्रदेशका सांसद सुनिल केसी लगायत टोलवासीको सहभागितामा सो सडक विस्तार गर्ने विषयमा ती तीनवटा टोलका वासिन्दाको संयुक्त हस्ताक्षर संकलन गरि मन्त्री तामाङ्गलाई बुझाएका थिए ।

‘भिओर डिएमई’को सुरक्षा संवेदशनशिलतालाई मध्यनजर गर्दै आगलागी जस्ता घटना भएमा तत्काल उद्धार तथा नियन्त्रणका लागि दमकल, र सुरक्षाका लागि प्रहरीका गाडी तथा विरामीका लागि एम्बुलेन्सलाई सहज आवागमनका लागि १३ फिटे सो सडकलाई २० फिट चौडा गर्नेगरि तत्कालैदेखि आवश्यक पहल गर्ने मन्त्री तामाङ्गको आश्वासन थियो ।

ऐश्वयमार्गको सो सडक कोटेश्वर चोकमा सवारी आवागमनमा चाप भएको बेला कोटदेवी मन्दीरदेखि भाटभटेनी सुपर मार्केट हुदै बालकुमारी पुल तथा नरेफाँट हुँदै जडिबुटीसम्म जाने वैकल्पिक सडक पनि हो ।