२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अन्तरराष्ट्रिय व्यापारमा विविधीकरण



अ+ अ-

काठमाडौं । नेपालले वैदेशिक व्यापारलाई विविधीकरण गर्दै लैजाने बताउँदै आए पनि निकासी पैठारीमा भारतको अंश घट्न सकेको छैन । नेपालका प्रमुख वैदेशिक व्यापार साझेदार मुलुकमध्ये आयातनिर्यातमा भारतकै अंश सबैभन्दा बढी रहेको छ । भारतबाहेक अन्य देशसँग नेपालको वैदेशिक व्यापार खासै उत्साहजनक छैन ।

भन्सार विभागको २०७७/७८ को तथ्यांक हेर्दा यो वर्ष नेपालले कुल रू.१५ खर्ब ३९ अर्ब रुपैयाँको वस्तु आयात ग¥यो भने रू. १ खर्ब ४१ अर्ब रुपैयाँको वस्तु निर्यात गर्‍यो ।

प्रमुख १० व्यापार साझेदार मुलुकमध्ये भारतबाट मात्रै रू. ९ खर्ब ७१ अर्ब ६० करोडको आयात भएको देखिन्छ भने निर्यात पनि भारतमै सबैभन्दा बढी भएको छ । गत आवमा रू. १ खर्ब ६३ अर्ब ७ करोडको वस्तु निर्यात भएको देखिन्छ ।

भारतपछि नेपालले बढी आयात गर्ने मुलुक चीन हो । चीनबाट गत आवमा रू. २ खर्ब ३३ अर्ब ८२ करोड बराबरको वस्तु आयात भएको छ । चीनतर्पmको निर्यात भने निकै कमजोर रहेको तथ्यांकले देखाउँछ । उक्त वर्ष रू. १ अर्ब २ करोडको मात्रै चीनमा निर्यात भएको थियो ।

नेपालले बढी वस्तु निर्यात गर्ने मुलुकमा भारतपछि संयुक्त राज्य अमेरिका पर्छ । समीक्षा वर्षमा अमेरिकामा रू. १३ अर्ब ७९ करोडको निर्यात भएको देखिन्छ ।

नेपालले बढी आयात गर्ने तेस्रो मुलुक अर्जेन्टिना हो । अर्जेन्टिनाबाट नेपालले रू. ४१ अर्ब ९४ करोडको सामान आयात गरेको छ ।

किन बढिरहेको छ, भारतसँगको व्यापार ?
अर्थशास्त्री केशव आचार्यका अनुसार नेपालले पछिल्लो समय व्यापार विविधीकरण गर्नै छाडेको छ । २०१७ सालदेखि सरकारले व्यापार विविधीकरण गर्ने भनेर विभिन्न व्यवस्था गर्‍यो । त्यतिबेला बनसदर व्यवस्था अर्थात् बनस प्रणाली थियो । जसले धेरै निर्यात गर्छ त्यसले कमाएको पैसाबाट आयात गर्न दिने भन्ने चलन ३०औं वर्षसम्म चलेको आचार्य बताउँछन् ।

२०३४ सालतिर द्वय विनिमयदर प्रणाली भन्ने आएपछि निर्यात गर्नेलाई प्रतिडलरको १६ रुपैयाँको दरले भुक्तानी दिने व्यवस्था गरियो । यो नीति २०४७ सालसम्म रहे पनि त्यसपछि व्यापार विविधीकरण गर्ने कुरा नै हराएको आचार्य बताउँछन् । उनका अनुसार सरकारले अन्तरराष्ट्रिय व्यापार विविधीकरण गर्नुपर्छ भन्ने नीति ठ्याक्कै छाडेको छ । भारत नजिक र खुला सीमाका कारण पनि आयातनिर्यात बढ्न गएको उनको बुझाइ छ ।

आचार्यका अनुसार भारतसँग व्यापार बढ्नुको अर्को कारण तेस्रो देशबाट आयातनिर्यात गर्ने कुरा भारतमा बस्ने कम्पनीहरूबाट हुन थाल्नु पनि एक हो । जस्तो, फोर्ड, हुन्डाई गाडीहरू जति पनि बजारमा देखिन्छन्, यी गाडी तेस्रो मुलुकका हुन् तर भारतमा बन्छन् ।

भारतसँग स्थिर विनिमयदर भएकाले पनि भारतसँगको व्यापार बढिरहेको हो ।

पूर्ववाणिज्य सचिव एवं हालका सञ्चार तथा सूचना मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल व्यापार विविधीकरणको नीति नेपालले अंगीकार गरे पनि त्यसबाट राम्रो प्रतिफल निस्कन नसकेको स्वीकाछन् । समाचार आर्थिक अभियान दैनिकमा प्रकाशित छ ।