२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा नाकामा चहलपहल : बढ्यो कोरोना जोखिम



अ+ अ-

काठमाडौं । कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका दशैँ नजिकिएसँगै खुला गरिएका छन् । भारततर्फका १५ भन्दा बढी नाका खुला भएसँगै दैनिक उपभोग्य वस्तुको किनमेल र दशैँमा घर फर्कनेहरूको ताँती सीमा क्षेत्रमा लागेको छ ।

सीमा क्षेत्रमा बढ्दो भीडभाडले कोरोना जोखिमसमेत बढाएको छ । यद्यपि, सरकारले कोरोना जोखिमलाई ध्यानमा राख्दै सीमा क्षेत्रमा प्राथमिकतासाथ कोरोना परीक्षणलाई समेत तयारी अवस्थामा राखेको छ । प्रदेश २ का आठवटा जिल्लाका सीमा नाका खुला गरिएका छन् । सो क्षेत्रमा स्वास्थ्य संवेदनशीलतालाई ख्यालमा राख्दै मुख्य दुई नाका वीरगञ्ज र भिठामोडमा स्वास्थ्य जाँच केन्द्र स्थापना गरिएको छ ।

यस्तै, सुदूरपश्चिम प्रदेशको मुख्य नाका गौरीफन्टा र गड्डाचौकीमा कोरोना जाँच नियमित रूपमा हुँदैआएको छ । प्रदेश १ का काँकडभिट्टाको मेची भन्सार र भद्रपुर नगरपालिकाको भद्रपुर भन्सार कार्यालय खुला गरिएको छ । यद्यपि, औपचारिक रूपमा भारतले नाका खुलाएको छैन ।

गण्डकी प्रदेशको भारतसँग जोडिएको एक मात्र सीमा नाका पनि चार दिनदेखि सञ्चालनमा आएको छ । १८ महिना बन्द रहेको भन्सार कार्यालय खुला भएपछि मानिसको चहलपहल बढेको छ । भारतले वाल्मीकि नगर भन्सार र नेपालले त्रिवेणीतर्फको भन्सार सञ्चालनमा ल्याएको छ ।

प्रदेश २ का स्वास्थ्य निर्देशक विजयकुमार झाका अनुसार, भारतीय नम्बरका निजी सवारी प्रवेशका लागि सरकारले स्वास्थ्य मापदण्ड निर्धारण गरेको छ । स्वास्थ्य मापदण्ड जाँचका लागि प्रदेश २ मा वीरगञ्ज र भिठामोडमा मात्र स्वास्थ्य जाँच केन्द्र राखिएका कारण समस्या आउन सक्ने उनको धारणा छ ।

पूर्व सप्तरीदेखि पश्चिम पर्सासम्म कम्तीमा आठवटा स्वास्थ्य जाँच केन्द्र स्थायी रूपमा सञ्चालन गर्नुपर्ने निर्देशक झाले बताए । प्रदेश २ का सीमा क्षेत्रमा कोभिडको प्रथम चरणका बेला ३० स्थानमा ‘हेल्थ डेस्क’ स्थापना गरिएको थियो । उनले सीमा नाकासँग जोडिएको स्थानीय तहको समन्वयमा सङ्घीय सरकारले तत्कालै हेल्थ डेस्क स्थापना गर्ने तयारी गरिरहेको बताए । यो समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।




भर्खरै