२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

२९२ सुन तस्करको सूची सरकारले लुकायो



अ+ अ-

काठमाडौँ । सरकारले ‘३८ क्विन्टल सुन तस्करीमा संलग्न’ भनी किटान गरिएका २ सय ९२ जनाको सूची अझै लुकाएको छ । गृह मन्त्रालयका तत्कालीन सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठित छानबिन समितिले सुन तस्करीमा संलग्नलाई थप अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउनुपर्ने भनेर २०७५ साउन १६ मा ७ सय ७२ पृष्ठ लामो सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाएको थियो । प्रतिवेदन बुझाएको ३९ महिना पुगिसक्दा पनि प्रतिवेदनमा उल्लेख गरिएका ‘संलग्न’ व्यक्तिमाथि अनुसन्धान गरिएको छैन । 

समितिका संयोजक पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ वर्षको अवधिमै तस्करीबाट ३८ क्विन्टल सुन भित्रिएको जानकारी दिँदै त्यसमा संलग्नलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका थिए । प्रतिवेदन बुझ्दै ओलीले तस्करीमा संलग्नमाथि कारबाही गर्ने प्रतिबद्धता पनि जनाएका थिए । ‘प्रतिवेदन सरकारी सम्पत्ति भइसकेको छ, सार्वजनिक गर्नेरनगर्ने कुरा सरकारको हो,’ हाल कोलकातास्थित महावाणिज्यदूत रहेका पौडेलले कान्तिपुरसँग भने, ‘हामीले त सरकारले दिएको जिम्मेवारीअनुसार प्रतिवेदन तयार गरेर बुझाएका हौं ।’ प्रधानमन्त्री कार्यालयले प्रतिवेदन अध्ययनका लागि गृह मन्त्रालयमा पठाएको थियो ।

पूर्वगृहसचिव उमेशप्रसाद मैनाली सुन तस्करीविरुद्ध गठित छानबिन समितिको प्रतिवेदन सार्वजनिक नहुनुका तीन कारण औंल्याउँछन् । सरकारले आवश्यक ठानेरै त्यसबेला सुन तस्करीसम्बन्धी छानबिन समिति गठन गरेको र त्यसको प्रतिवेदन अपराध अनुसन्धानसँग समेत जोडिएको हुनाले गोप्य राखिएको हुन सक्ने उनले बताए । ‘त्यसको गाम्भीर्य र संवेदनशीलता हेरेर नै बाहिर नल्याइएको हुन सक्छ । असल मनसायबाट सोच्ने हो भने यो सरकारको तजबिजीमा निर्भर रहन्छ,’ उनले भने, ‘तर, सरकारको कार्यशैली र आपराधिक पृष्ठभूमिका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्ति हेर्दा प्रतिवेदनले सुन तस्कर किटान गरेका व्यापारीलाई मौका पर्दा तह लगाउने अस्त्रका रूपमा प्रयोग गरिएको हो भन्ने शंका पनि गर्ने ठाउँ छ ।’

मैनालीले शंका गरेजस्तै छानबिन समितिको अनुसन्धान अघि बढ्दै जाँदा सत्ता र शक्तिनिकट रहेका कतिपय व्यापारी नै सुन तस्करीमा मुछिएपछि ‘माथिको आदेशमा थप अनुसन्धान रोकिएको’ स्रोत बताउँछ । त्यसपछि बीचमै प्रतिवेदन टुंग्याएर सरकारलाई हस्तान्तरण गरिएको थियो । त्यसपछि सरकारले नै प्रतिवेदन कार्यान्वयन गर्न नदिएको स्रोतले जनाएको छ ।

दुबईबाट २०७४ माघ ९ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म आएको तस्करीको करिब ३३ केजी सुन ‘नाटकीय रूपमा हराएपछि’ को प्रकरण छानबिन समिति गर्दा एक वर्षमा ३८ क्विन्टल सुन भित्रिएको पाइएको थियो । ३३ किलो सुन हराएको २ सातापछि २०७४ माघ २२ मा विमानस्थलमै सानु बन शंकास्पद रूपमा मृत भेटिएका थिए । विमानस्थलमै ट्यांकरको चक्कामा परेर उनको मृत्यु भएको भनिए पनि बनको हत्या वा दुर्घटनामा मृत्यु भएको भन्ने विश्वस्त आधार खुल्न सकेन । तर उनी सुन ओसारपसारमा प्रयोग भएका भरिया रहेको अनुसन्धान समितिको प्रतिवेदनमा उल्लेख छ ।

थाई एयरवेजका टेक्निसियनसमेत रहेका बन विदेशबाट विमानस्थलमा ल्याइएको सुन त्यहाँबाट बाहिरसम्म पुर्‍याउने काममा खटिने गरेको प्रतिवेदनमा उल्लेख गरिएको स्रोतले जनाएको छ । एक महिनापछि २०७४ फागुन १८ मा ३३ केजी सुन तस्करीका मुख्य योजनाकार गोरे भनिने चूडामणि उप्रेतीको समूहले सुन गायब पारेको आरोपमा भरिया सनम शाक्यको हत्या गरेको थियो । त्यसको एक महिनापछि चैत १९ मा सहसचिव पौडेलको संयोजकत्वमा सरकारले सुन तस्करीसम्बन्धी छानबिन समिति गठन गरेको थियो ।

समिति गठन भएको १० दिनपछि चैत २९ मा काठमाडौंबाट प्रेमलाल चौधरी पक्राउ परे । नेपाल वायु सेवा निगमका लोडरसमेत रहेका उनीमाथि विमानस्थलबाट सुन ओसारपसारमा संलग्न रहेको आरोप थियो । उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा हिरासतमा राखेर अनुसन्धान थालियो । तर, पक्राउ परेको भोलिपल्टै चौधरी प्रहरी हिरासत कक्षसँगै रहेको शौचालयमा मृत भेटिए । सुन तस्करीको भरियाका रूपमा पक्राउ परेका उनको मृत्यु पनि शंकास्पद बन्यो । यो प्रकरणमा अरू थुप्रै मानिस पक्राउ परेका थिए ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ । 




भर्खरै