• २ असार २०८१, आईतवार
  •      Sun Jun 16 2024
  •   Unicode
Logo
Latest
★   धनुषाबाट आठ दिनदेखि बेपत्ता महिलाको शव फेला ★   नेप्से परिसूचक १७ अङ्कले घट्यो ★   मधेस प्रदेशको बजेट २२ करोडले घट्यो ★   चित्रबहादुर केसीको दाबी: संघीयताले मुलुकलाई दुर्गतितर्फ लग्यो ★   बंगलादेशसँग १० वर्षअघिको बदला लिने धुनमा नेपाल ★   पाप मोचन गर्ने धार्मिक विश्वासमा मनाइने पर्व गङ्गादशहरा ★   एघार महिनामा ४४ प्रतिशत मात्रै पुँजीगत खर्च ★   बजेटले मन्दीतर्फउन्मुख अर्थतन्त्रलाई सुधार्न सक्दैन: सांसद जबरा ★   देवघाटमा बाँध बाँधेर चितवन पूर्व र नवलपुर पश्चिममा सिँचाइ पुर्‍याउन प्रस्ताव ★   सरकारले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छ: डा.स्वर्णिम वाग्ले

रुसी आक्रमण कम भएन– चेर्निहाइभ गभर्नर



एजेन्सी

युक्रेनको उत्तरी चेर्निहाइभ क्षेत्रका गभर्नरले मस्कोले त्यहाँ सैन्य कारबाही घटाउने वाचा गरे पनि रुसी आक्रमणमा कुनै कमी नआएको बताएका छन्।

“के हामी यसमा (प्रतिज्ञा) विश्वास गर्छौं ? अवश्य पनि होइन” गभर्नर भ्याचेस्लाभ चाउसले टेलिग्राममा भने, “चेर्निहाइभ क्षेत्रमा ‘घटाइएको गतिविधि’ शत्रुले निजाइन शहरमा हवाई हमलासहित आक्रमण गरेर प्रदर्शन गरेको थियो र रातभर तिनीहरूले ‘चेर्निहाइभ शहर’ मा आक्रमण गरे।”

रुसी सेनाले पूर्वी डोनेट्स्क क्षेत्रमा रुसी समर्थित पृथकतावादीहरूको कब्जामा रहेको क्षेत्रहरूबाट युक्रेनी सरकार नियन्त्रित क्षेत्रलाई अलग गर्दै फ्रन्टलाइनमा रहेका लगभग सबै शहरहरूमा गोलाबारी गरिरहेको त्यस क्षेत्रका गभर्नरले बताएका छन् ।

गभर्नर पाभ्लो किरिलेन्कोले राष्ट्रिय टेलिभिजनमा रुसी सेनाले डोनेट्स्क क्षेत्रमा आक्रमण गर्ने आफ्नो प्रयासलाई केन्द्रित गरेपछि स्थिति झनै बिग्रन सक्ने बताए ।