२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलः बैंगलोरमाथि लगातार तेस्रो जितको खोजीमा कोलकाता



अ+ अ-

एजेन्सी । आईपीएलको पहिलो खेलमा जितसँगै सुरुवात गरेको कोलकाता नाइट राइडर्स (केकेआर) आज रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) विरुद्धको खेलमा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यमा छ ।

श्रेयस अय्यरको नेतृत्वमा रहेको केकेआरले आफ्नो पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्सलाई ६ विकेटले हराएको थियो भने आरसीबीले पञ्जाब किंग्ससँग २०० रन बनाएर पनि पाँच विकेटको हार बेहोरेको थियो ।

दुई टोलीबीच हालसम्म जम्मा ३० खेल भएका छन् । जसमध्ये कोलकाताले १७ र बैंगलोरले १३ खेल जितेको छ । दुई टोलीबीचको पछिल्लो १० खेलमा कोलकाताले ६ र बैंगलोरले चार जित निकालेको छ । कोलकाताको टोली बैंग्लोरविरुद्ध जितको ह्याट्रिक गर्न चाहन्छ । गत सिजन, केकेआर र आरसीबीले तीन पटक भेट गरेका थिए । पहिलो खेलमा कोहलीको टिम विजयी भएको थियो । त्यसपछि कोलकाताले दोस्रो खेल र प्लेअफमा बैंगलोरलाई पराजित गरेको थियो ।

आरसीबीका कप्तान फाफ डु प्लेसिस उत्कृष्ट लयमा छन् । उनले पहिलो खेलमा ५७ बलमा ८८ रन बनाउँदै आफ्नो फर्मलाई कायम राख्न प्रयास गर्नेछन् । यद्यपि, ओपनर अनुज रावतले राम्रो सुरुवातको फाइदा उठाउन सकेनन् तर आफ्नो प्रदर्शनमा निरन्तरता ल्याउन उनी चाहन्छन् । कप्तानको दबाबबाट मुक्त भएपछि विराट कोहलीले फर्ममा फर्किने संकेत दिएका छन् र कोलकाताविरुद्ध सबैको नजर कोहलीमा पर्नेछ । यदि आरसीबीले जित दर्ता गर्न चाहन्छ भने विकेटकिपर दिनेश कार्तिकले पनि अघिल्लो खेल जस्तै यस खेलेमा पनि राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ ।

केकेआरका बलरले फाफको छक्का प्रहार गर्ने क्षमताबाट विशेष सजग रहनुपर्नेछ भने आरसीबीका बलरहरूले पञ्जाबविरुद्धको कमजोरीलाई पनि बिर्सनुपर्नेछ। मोहम्मद सिराजले पछिल्लो खेलमा ५९ रन दिएका थिए । उनले छिट्टै आफ्नो खेलमा सुधार गर्नुपर्छ । यस्तै, डेथ ओभर विशेषज्ञ बलर हर्षल पटेलको भूमिका पनि महत्वपूर्ण हुनेछ । मध्य ओभरमा श्रीलंकाका स्पिनर हसरंगाको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुनेछ ।

अर्कोतर्फ केकेआरले पहिलो खेलमा सबै क्षेत्रले राम्रो प्रदर्शन गरेको थियो र उनीहरू त्यही दोहोर्याउन चाहन्छन् । केकेआरका लागि सबैभन्दा ठूलो सकारात्मक पक्ष अजिंक्य रहाणे फर्ममा फर्किनु हो । अलराउन्डर भेंकटेश अय्यरले पहिलो खेलमा १६ रन मात्र बनाउन सके पनि बलिङ आक्रमणलाई ध्वस्त पार्न सक्छन् । मध्यक्रममा कप्तान श्रेयस अय्यर, साम बिलिङ्स र शेल्डन ज्याक्सनले जिम्मेवारी लिनुपर्नेछ ।

बलिङमा उमेश यादवले अन्तिम खेलमा उत्कृष्ट खेलेका थिए । तर, शिवम मावी, स्पिनर वरुण चक्रवर्ती र सुनिल नारायण लगायत अन्यले आफ्नो प्रदर्शन सुधार्नुपर्ने हुन्छ । ब्याट र बलमा अलराउन्डर आन्द्रे रसेलको भूमिकाले दुई टोलीबीचको खेललाई फरक पार्न सक्छ ।

खेल समयः ७ः४५ बजे

रोयल च्यालेन्जर्स बैंगलोरको सम्भावित प्लेइङ–११
फाफ डु प्लेसिस (कप्तान), अनुज रावत, विराट कोहली, शेरफान रदरफोर्ड, शाहबाज अहमद/महिपाल लोमरोर, दिनेश कार्तिक (विकेटकीपर), हर्षल पटेल, वानिन्दु हसरांगा, डेभिड विली, आकाश दीप, मोहम्मद सिराज ।

कोलकाता नाइट राइडर्सको सम्भावित प्लेइङ–११
वेंकटेश अय्यर, अजिंक्य रहाणे, श्रेयस अय्यर (कप्तान), नितिश राणा, साम बिलिङ्स, आन्द्रे रसेल, सुनील नारायण, शेल्डन ज्याक्सन (विकेटकीपर), उमेश यादव, शिवम मावी, वरुण चक्रवर्ती।