२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओस्कार अवार्डः ‘कोडा’ सर्वोत्कृष्ट फिल्म घोषित, विल स्मिथ बने उत्कृष्ट अभिनेता



अ+ अ-

एजेन्सी । क्यालिफोर्नियास्थित लस एन्जेल्सको डल्बी थिएटरमा ९४ औं ओस्कार अवार्डको सेरेमोनी आयोजना भएको छ ।

विल स्मिथ र जेसिका चेस्टेनले उत्कृष्ट अभिनेता तथा अभिनेत्रीको एकेडेमी अवार्ड जित्न सफल रहे । यस्तै, ‘कोडा’ले सर्वोत्कृष्ट चलचित्रको ओस्कार अवार्ड पाएको छ भने द समर अफ सोलले उत्कृष्ट डकुमेन्ट्री फिचरको विधामा ओस्कार अवार्ड पायो ।

‘आर्मी अफ द डेड’ ले फ्यान च्वाइस अवार्ड पाउँदा यो वर्ष जेन क्याम्पियनको फिल्म द पावर अफ द डगले सबैभन्दा बढी नामांकन प्राप्त गरेको छ । ड्युक फिल्मले सबैभन्दा बढी ६ ओस्कार जित्न सफल रह्यो ।

फिल्मः कोडा

निर्देशकः जेनी क्याम्पियन (द पावर अफ द डग)

अभिनेत्रीः जेसिका चेस्टेइन (द आइज अफ ट्यामी फेइ)

अभिनेताः विल स्मिथ (किङ रिचर्ड)

सहअभिनेत्रीः एरियाना डिबोस (द वेस्ट साइड स्टोरी)

सहअभिनेताः ट्रोइ कोत्सर (कोडा)

कस्ट्युम डिजाइनः क्रुएला (जेन्नी विभान)

ध्वनिः ड्युन

ओरजिनल स्कोरः ड्युन (हान्स जिमर)

एडप्टेड स्क्रिननप्लेः सायन हेडेर (कोडा)

ओरजिनल स्क्रिनप्लेः केनेथ ब्रानग (बेलफास्ट)

एनिमेटेड सर्टः द वाइन्डसिड वाइपर

लाइभ एक्सन सर्टः द लङ गुडबाइ

सम्पादनः ड्युन (जोए वाकर)

मेकअप एन्ड हेयरस्टाइलिङः द आइज अफ ट्याम्मी फे

एनिमेटेड फिचरः एनकान्टो

डकुमेन्ट्री फिचरः समर अफ सउल

डकुमेन्ट्री सर्टः द क्वीन अफ बास्केटबल

ओरजिनल सङः नो टाइम टु डाइ (बिल्ली एलिस र फिनेस ओ कनेल)

छायांकनः ड्युन (ग्रेड फेइजर)

अन्तर्राष्ट्रिय फिचरः ड्राइभ माइ कार (जापान)

प्रोडक्सन डिजाइनः ड्युन

भिजुअल इफेक्टः ड्युन