३ भाद्र २०८३, बुधबार
,
Latest
बालबालिकामा बढ्दो मोबाइल लत नियन्त्रण गर्न अभिभावक लक्षित सचेतना कार्यक्रम चलाउन माग विदेशमा रहेका नेपालीलाई स्थानीय तह निर्वाचनमा मतदानको व्यवस्था गर्न रास्वपाको माग राष्ट्रियसभाको अर्काे बैठक भदौ ५ गते एनसेललाई प्राधिकरणको स्पष्टीकरण : ग्राहकले डाटा नचलाउँदा पनि ब्यालेन्स किन काटेको ? प्रधानमन्त्री शाहको अध्यक्षतामा मन्त्रिपरिषद् बैठक सुरु मल वितरणमा लालपूर्जा माग्नु नकारात्मक विषय होइन : कृषिमन्त्री चौधरी सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत जंगली जनावरको आतंक नियन्त्रण गर्न सरकार गम्भीर बनोस्ः सांसद बोगटी लागुऔषध दुर्व्यसनी भयावह अवस्था रोक्न सांसद खनालले गराए सरकारको ध्यानाकर्षण बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओस्कार अवार्डः ‘कोडा’ सर्वोत्कृष्ट फिल्म घोषित, विल स्मिथ बने उत्कृष्ट अभिनेता



अ+ अ-

एजेन्सी । क्यालिफोर्नियास्थित लस एन्जेल्सको डल्बी थिएटरमा ९४ औं ओस्कार अवार्डको सेरेमोनी आयोजना भएको छ ।

विल स्मिथ र जेसिका चेस्टेनले उत्कृष्ट अभिनेता तथा अभिनेत्रीको एकेडेमी अवार्ड जित्न सफल रहे । यस्तै, ‘कोडा’ले सर्वोत्कृष्ट चलचित्रको ओस्कार अवार्ड पाएको छ भने द समर अफ सोलले उत्कृष्ट डकुमेन्ट्री फिचरको विधामा ओस्कार अवार्ड पायो ।

‘आर्मी अफ द डेड’ ले फ्यान च्वाइस अवार्ड पाउँदा यो वर्ष जेन क्याम्पियनको फिल्म द पावर अफ द डगले सबैभन्दा बढी नामांकन प्राप्त गरेको छ । ड्युक फिल्मले सबैभन्दा बढी ६ ओस्कार जित्न सफल रह्यो ।

फिल्मः कोडा

निर्देशकः जेनी क्याम्पियन (द पावर अफ द डग)

अभिनेत्रीः जेसिका चेस्टेइन (द आइज अफ ट्यामी फेइ)

अभिनेताः विल स्मिथ (किङ रिचर्ड)

सहअभिनेत्रीः एरियाना डिबोस (द वेस्ट साइड स्टोरी)

सहअभिनेताः ट्रोइ कोत्सर (कोडा)

कस्ट्युम डिजाइनः क्रुएला (जेन्नी विभान)

ध्वनिः ड्युन

ओरजिनल स्कोरः ड्युन (हान्स जिमर)

एडप्टेड स्क्रिननप्लेः सायन हेडेर (कोडा)

ओरजिनल स्क्रिनप्लेः केनेथ ब्रानग (बेलफास्ट)

एनिमेटेड सर्टः द वाइन्डसिड वाइपर

लाइभ एक्सन सर्टः द लङ गुडबाइ

सम्पादनः ड्युन (जोए वाकर)

मेकअप एन्ड हेयरस्टाइलिङः द आइज अफ ट्याम्मी फे

एनिमेटेड फिचरः एनकान्टो

डकुमेन्ट्री फिचरः समर अफ सउल

डकुमेन्ट्री सर्टः द क्वीन अफ बास्केटबल

ओरजिनल सङः नो टाइम टु डाइ (बिल्ली एलिस र फिनेस ओ कनेल)

छायांकनः ड्युन (ग्रेड फेइजर)

अन्तर्राष्ट्रिय फिचरः ड्राइभ माइ कार (जापान)

प्रोडक्सन डिजाइनः ड्युन

भिजुअल इफेक्टः ड्युन