२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नी श्रीमतीको मजाक गरेकामा अभिनेताले ओस्करको स्टेजमा नै बदला लिए, झगडाको भिडियो हेरेपछि मानिसहरुमा आक्रोश



अ+ अ-

ओस्कर २०२२ को स्टेजमा कसैले सोचेकै थिएन। उत्कृष्ट अभिनेताको अवार्ड जितेका अभिनेता विल स्मिथ अचानक प्रस्तुतकर्ता क्रिस रकसँग रिसाए । उनी स्टेजमा गए र प्रस्तुतकर्तालाई मुक्का हाने ।

के भयो भने क्रिस रकले विल स्मिथकी श्रीमती जाडा पिन्केट स्मिथलाई ठट्टा गरे । उनले विल स्मिथकी श्रीमतीको कपाललाई लिएर टिप्पणी गरे। त्यसपछि विल स्मिथ स्टेजमा गए र उनलाई मुक्का हाने।

यो भिडियो भाइरल भइरहेको छ । यसमा क्रिस रकले विल स्मिथकी श्रीमती जाडा पिन्केट स्मिथको खिल्ली उडाएको देख्न सकिन्छ ।

यसैबीच विल स्मिथ स्टेजमा गए र उनले उनलाई मुक्का हाने। यो देख्ने बित्तिकै सबै स्तब्ध भए ।

क्रिस रकलाई मुक्का हानेपछि विलले भने कि मेरी श्रीमतीको नाम फेरि आफ्नो मुखबाट ननिकाल र क्रिसले जवाफ दिए कि उसले अब त्यसो गर्ने छैनन् ।

ट्विटरमा ट्रेन्डिङ

यस विषयमा ट्विटरमा निकै चर्चा चलिरहेको छ । मानिसहरूले यसको भिडियो देख्नेबित्तिकै ट्विटरमा यो कुरा ट्रेन्ड गर्न थाल्यो।

त्यसबेलादेखि नै स्तब्ध थिए ।

के यो सबै स्क्रिप्टको भाग थियो ?

एक प्रयोगकर्ताले यो झगडा स्क्रिप्टको हिस्सा हो कि होइन भन्ने कुरा जतिसक्दो चाँडो जान्न चाहेको लेखे ।

विल स्मिथ यस वर्ष ‘किङ रिचर्ड’ का लागि मनोनीत भएका थिए। यस फिल्मका लागि उनले उत्कृष्ट अभिनेताको ओस्कार अवार्ड जिते । यस फिल्मको कथा टेनिस खेलाडी सेरेना विलियम्स र भेनस विलियम्सका पिता रिचर्ड विलियम्सको कथामा आधारित छ । तर मुक्का मार्ने दृश्य साँच्चैको थियो वा ओस्करको स्क्रिप्टको थियो भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन। एजेन्सीको सहयोगमा