२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जन्मगाउँ राम्चेमा पुगेर बाल्यकाल सम्झिए मुख्यमन्त्री पोखेरेलले



अ+ अ-

राम्चे । जन्मठाउँ कसलाई प्यारो लाग्दैन र ? आफू जन्मेको घर आँगन, अनि खाइखेली गरेका भीरपाखा, बाल्यकालका साथीभाइ । साँच्चिकै विगत सम्झँदा मन पुलकित हुन्छ । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली बिहीबार जन्म गाउँ तनहुँको राम्चे पुगे । खाली खुट्टा कुदेका खरबारी, साथीभाइसँग खेलेको आँगन, भैंसी चराएको पाखो देखेर उनी रमाइ । उनीसँगै थिए दाजु रामचन्द्र र भाइ जगदीशचन्द्र पोखरेल ।

विगत सम्झँदै उनले दाजुतिर हेरेर भने, ‘दाइ हामीभन्दा अलि सिनियर उहाँको खेल्ने टिम फरक थियो, हाम्रो फरक, हामी गाईभैंसी चराउँदै पाखामा खेल्थ्यौं, दाइ चराका गुँड भएका रुख खोज्दै हिँड्नुहुन्थ्यो ।’ उनले यसो भनिरहँदा आडैमा रहेका भाइ जगदीशचन्द्र मुसुमुस हाँसिरहेका थिए । राम्चेको चौतारीमा पुगेपछि मुख्यमन्त्री कृष्णचन्द्रले चारैतिर नियाँले । चौतारीको पश्चिमतिर रहेको मगरबस्तीमा केही घर बाँकी थिए । पहिला बाक्लो बस्ती भएको ठाउँमा अहिले घरको भग्नावशेष पनि देखिँदैन । अग्ला रुख र खरले ढाकिएको छ । कच्ची नै सही मोटरबाटो भने पुगेको छ ।

चौतारीको छेवैमा रहेको बाटोमा निस्केर उनले पोखरेलफाँट र वरपरका बस्ती अवलोकन गरे । पाखामा रहेका बस्ती खाली हुँदै गर्दा बेसीको खेतमा घरहरु ठडिएका थिए । अनि चारैतिर सडक बाटोको लहरमात्रै देखिने । उमेरले आफूभन्दा जेठा खड्गबहादुर अधिकारीसँग उनले भने, ‘खड्गबहादुर दाइ ठाउँ त निकै फेरिएछ नि है ।’ त्यसपछि मुख्यमन्त्रीसहितको टोलीले नजिकैको घरको आँगनमा बसेर खाजा खाएको थियो । त्यतिबेला पनि मुख्यमन्त्री पोखरेलले विगतका स्मरण सुनाउँदै थिए ।

मुख्यमन्त्री पोखरेलको परिवार त्यतिबेलाको तनहुँसुरमा पर्ने राम्चेमा थियो । बाबु गोवद्र्धन शर्मा सानैदेखि विद्रोही स्वभावका । विसं १९७५ सालमा महामारीका कारण बुवाआमा सहित परिवारका ५ सदस्य ३ दिनको बीचमा गुमाएका थिए गोवद्र्धनले । त्यतिबेला गाउँमा अहिले टाइफाइट भनिने आँठे रोगको महामारी थियो । सानैमा टुहुरो भएकैले होला गोवद्र्धन शर्मामा विद्रोही स्वभाव देखिएको । उनको परिवार राम्चेबाट २०१३ सालतिर नजिकैको अर्चलचौरमा बसाइँ स¥यो । कृष्णचन्द्रले राम्चेका करिब ८ वर्ष बिताए ।

तत्कालीन शासन व्यवस्थाविरुद्धको आन्दोलनमा लागेका कारण गोवद्र्धन शर्मा निर्वासनमा गएपछि परिवार कसरी पाल्ने भन्ने चिन्ता भयो । कृष्णचन्द्रकी आमा द्रौपदाको निर्णय अनुसार परिवार अर्चलचौरबाट पोखरेलफाँटमा झ¥यो । राम्चेको चौतारीमै कृष्णचन्द्रले स्मरण गरे, ‘आम्दानीको स्रोत नहुँदा परिवारमा आर्थिक संकट थियो, संकटकै बीचमा आमाले हामीलाई हुर्काउनुभयो ।’ कृष्णचन्द्रकी आमा द्रौपदा अहिले ९८ वर्षकी भइन् ।

भीरपानी खानेपानी आयोजना उद्घाटन गर्न उनले राम्चे पुगेका हुन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा। जगदीशचन्द्र पोखरेलेको पहलमा योजना परेर निर्माण सम्पन्न भएको आयोजनाले राम्चेका १ सय १० परिवारले स्वच्छ खानेपानी उपभोग गर्न पाउँछन् । पाइप विस्तारको काम भइरहेकाले अहिले करिब ७० घरमा धारा पुगिसकेको छ । राम्चेगाउँ भन्दा केही तलको भीरपानीबाट लिफ्टिङ गरेर डाँडामा ट्यांकी बनाएर पानी वितरण गरिएको छ ।

राम्चे अहिले व्यास नगरपालिका वडा नम्बर ११ मा पर्छ । खानेपानी योजना उद्घाटन गरेपछि मुख्यमन्त्री पोखरेलले भने, ‘नागरिकलाई स्वच्छ खानेपानी उपलब्ध गराउन सरकार प्रतिबद्ध छ, ढिलै भए पनि पनि राम्चेमा यो आयोजना सम्पन्न भएकामा खुसी लागेको छ ।

युवाहरुलाई स्वदेशमै रोकेर बाँझो खेतबारी हराभरा बनाउने अनि मुलुकलाई समृद्ध बनाउन प्रदेश सरकारले पहल गरिरहेको उनले सुनाए । पर्यटकीय सम्भावना बोकेको राम्चेमा सडक लगायत पूर्वाधारका लागि तत्कालै पहल गर्ने प्रतिबद्धता उनले जनाए । मुख्यमन्त्रीसँगै प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापा र आन्तरिक मन्त्री डोवाटे विश्वकर्मा पनि थिए । डोवाटे विश्वकर्माको जन्मगाउँ पनि तनहुँसुर नै हो ।

उक्त अवसरमा मन्त्रीद्वय, मुख्यमन्त्री पोखरेलका दाजु रामचन्द्र, भाइ डा। जगदीशचन्द्र, वडाध्यक्ष वीरबहादुर खड्का, वडासदस्य हेरम्बजंग अधिकारी, स्थानीय समाजसेवी खड्गबहादुर अधिकारी, खानेपानी उपभोक्ता समिति अध्यक्ष नरबहादुर थापासहितले भनाइ राखे ।