१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एकदिवसीयमा रोहितले बनाए शतक



file photo
अ+ अ-

काठमाडौं । रोहित पौडेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा जारी खेलमा रोहितले पपुवा न्युजिनी (पीएनजी) विरुद्ध शतक पूरा गरेका हुन् ।

रोहितले ९१ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै शतक पूरा गरे । रोहितको यो पहिलो एकदिवसीय शतक हो ।

योसँगै रोहित एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने दोस्रो नेपाली खेलाडी पनि बनेका छन् ।

यसअघि पूर्वकप्तान पारस खड्काले सन् २०१९ मा यूएईविरुद्ध शतक बनाएका थिए ।