२३ जेष्ठ २०८३, शनिबार
,
Latest
विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा प्रधानमन्त्री भएपछि पहिलो पटक बस्दै लगानी बोर्डको बैठक



अ+ अ-

काठमाडौँ । लगानी बोर्डको ४८औँ बैठक शुक्रबार बस्ने भएको छ । बोर्डका अनुसार प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त हुनुभएपछि पहिलो पटक बोर्डको बैठक बस्न लागेको हो । प्रधानमन्त्री बोर्डको अध्यक्ष हुने कानुनी व्यवस्था छ ।

बोर्डकोे यो बैठकमा विभिन्न जलविद्युत् आयोजनाको लगानी स्वीकृति, पुँजी वृद्धि, वित्तीय व्यवस्थापनका ढाँचा स्वीकृतिको विषय रहेका छन् ।

बोर्डका अनुसार दोलखाको जुमखोला जलविद्युत् आयोजनाको लगानी स्वीकृति, अरुण तेस्रो जलविद्युत् आयोजनाको पुँजी वृद्धि, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापनको ढाँचालगायतका विषयहरूले बैठकमा प्रवेश पाउने भएको छ ।

बोर्ड बैठकले चालू आर्थिक वर्षको वार्षिक बजेट पनि पारित गर्ने छ । त्यसैगरी बोर्डको व्यावसायिक तथा रणनीतिक योजना अनुमोदन पनि गरिने समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।




भर्खरै