२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनले चन्द्रमाबाट ल्याएको चट्टानका नमुना अहिलेसम्मकै कम समयको



अ+ अ-

चीनको चाङ्ग-अ फाइभ मिशनले चन्द्रमाबाट गत डिसेम्बरमा ल्याइएको चट्टानका नमुना तुलनात्मक रूपमा निकै कम समयको रहेको पाइएको छ।

वैज्ञानिकहरूको एउटा अन्तर्राष्ट्रिय दलले त्यसको समीक्षा गरेर हेर्दा ज्वालामुखीबाट निस्केको लाभाको ठोस स्वरूप दुई अर्ब वर्ष पुरानो मात्र रहेको पाएको हो।

त्यसको तुलना अमेरिकी एपोलो मिशनले ल्याएका नमुनासँग गरिएको थियो जुन तीन अर्ब वर्षभन्दा पुराना थिए। त्यस्तो निष्कर्षलाई वैज्ञानिक जर्नलमा प्रकाशित गरिएको छ।

चीनको रोबटिक मिशनले चन्द्रमाको 'ओशन अफ स्टोर्म्स' भनिने अहिलेसम्म नपुगिएको स्थानबाट नमुना सङ्कलन गरेको थियो।

उक्त स्थान यसअघिका नमुनासँगको तुलना गरेर चन्द्रमा बारेको ज्ञान बढाउनका लागि निकै सजगतापूर्वक चयन गरिएको थियो।

न्द्रमाबाट अन्तिम पटक सन् १९७६ को सोभियत अभियानमा १७० ग्राम नमुना ल्याइएको थियो भने मानवसहितको एपोलो मिशनले ३८२ किलोग्राम ढुङ्गा र माटो ल्याएको थियो।

एउटा चिनियाँ अध्ययन संस्थानले उक्त नमुनाको अध्ययनको नेतृत्व गरे पनि त्यसमा वैज्ञानिकहरूको एउटा अन्तर्राष्ट्रिय समूह संलग्न छ।

उनीहरूले थाहा पाएको चट्टानको त्यस्तो आयु रोचक हुनुको कारण चन्द्रमामा सोचिएभन्दा निकै पछि अर्को ज्वालामुखीको प्रक्रिया देखिनु रहेको छ।

त्यसले उक्त सानो खगोल पिण्ड सेलाएको र गतिविधिहरू कम भएको देखाउँछ। यसले चन्द्रमा जस्तो सानो पिण्डले समेत कसरी उत्पत्तिको साढे दुई अर्ब वर्षपछि पनि लाभा उत्पादन गर्नेगरी पर्याप्त ताप सञ्चय गर्न सक्यो भन्ने प्रश्न उब्जाएको छ।

वैज्ञानिकहरूले अब नयाँ ढङ्गले लामो समयपछि देखा परेको त्यस्तो व्यवहारका लागि के कस्तो तापीय स्रोतले काम गरे भनेर सोच्नेछन्। (बीबीसी)