७ श्रावण २०८३, बिहीबार
,
Latest
चितवनमा स्वास्थ्य संस्थामै प्रसूति गराउने महिलाको सङ्ख्या बढ्दो बाँडिएका विपी, हेपिएका पुष्पलाल देशभर एकैदिन ४७ विपद् घटना, पहिरोमा दुई जनाको मृत्यु त्रिभूवन विश्वविद्यालयमा शिक्षामन्त्री पोखरेलविरुद्ध विद्यार्थीको प्रदर्शन, केही प्रदर्शनकारी नियन्त्रणमा (तस्बिरहरु) देशभरका स्थानीय तहमा भूमि बैंक सञ्चालन, अब उपयोगमा नरहेका तथा बाँझो निजी जग्गा भूमि बैंकमार्फत… ज्येष्ठ नागरिकको अधिकार प्रत्याभुतिका लागि छुट्टै संरचना आवश्यक–न्यायाधीश हरि फुयाँल आन्तरिक विवादमा जेलिएको काँग्रेस फुटको डिलमाः सभापति थापाको लचकता बिना एकता कठिन लागुऔषधसहित चार जना पक्राउ सुनचाँदीको मूल्य सामान्य वृद्धि विद्युत् दुर्घटनामा दुवै हात गुमाएका बालकलाई प्राधिकरणद्वारा १५ लाख ७१ हजार रुपैयाँ क्षतिपूर्ति
तपाईं के खोज्दै हुनुहुन्छ ?

संवैधानिक परिषद्का नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले केपी ओली नेतृत्वको संवैधानिक परिषद्ले गरेका ५२ जना संवैधानिक अंगका पदाधिकारीको नियुक्ति बदर गर्न मागसहित परेका रिटमा अन्तरिम आदेश दिन अश्वीकार गरेको छ ।

कायममुकायम प्रधान न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासले  रिटको सुनुवाई गर्दै निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्बीकार गरेको हो ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले गरेका विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्ति विरुद्ध परेको रिटमाथिको सुनुवाई शुक्रबारबाट सुरू भएको थियो ।

अदालतले रिटमा कारण देखाउ आदेश जारी गरेको छ । अन्तरिम आदेश जारी नभएपछि संवैधानिक निकायका ५२ पदाधिकारी लाई काम कारबाहीमा कुनै तत्काल कुनै अबरोध नहुने भएको छ ।