• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   जिबी राईलाई पक्राउ गर्न मलेसियाका गृहमन्त्रीसँग कुराकानी भइरहेको छ – लामिछाने ★   सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक छः उपप्रधानमन्त्री श्रेष्ठ ★   ‘म ग्यारेन्टी दिन्छु सलमानले कहिल्यै बिहे गर्दैनन्’ ★   गगन थापाले स्वीकारे गृहमन्त्री रवि लामिछानेको चुनौति, प्रमाण पुर्याउन नसके राजनीति छोड्ने ★   भारतको सहयोगमा बैतडीमा विद्यालय भवन बन्दै ★   धरानमा बन्यो कृषि तथा खाद्य प्रविधि अनुसन्धान केन्द्र ★   गधाबाट मानिसले यस्ता कुराहरु सिक्नुपर्छ ★   धोनीका फ्यान मैदानमा प्रवेश गरे, उनको खुट्टा ढोगेर अंगालो मारे ★   शनिबारको दिन राहु र केतुको यो अद्भुत पाठ जप गर्नुहोस् ★   चतराधाममा पूर्ण महाकुम्भ समापन : चालिस लाख भक्तद्वारा स्नान, दर्शन

संवैधानिक इजलासमा सुनुवाई, गठबन्धनका शीर्ष नेताको फोन न्यायाधीशलाई



काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा अध्यादेशमार्फत संवैधानिक निकायमा गरिएको नियुक्तिविरुद्ध परेको रिट निवेदनमाथिको सुनुवाई सुरु भएसँगै सत्ता गठबन्धनका नेताहरु र न्यायाधीश बीच सम्वाद भएको छ ।

स्रोतका अनुसार गत शुक्रबारबाट सुनुवाई सुरु भएपछि दुई दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले बालुवाटारबाट न्यायाधीशहरुलाई फोन गर्नु भएको थियो ।

नेताहरुले न्यायाधीशहरुलाई संवैधानिक नियुक्तिलाई खारेज गर्न दवाब दिएको स्रोतले जनायो ।

नेताहरुले वर्तमान अवस्थाको आँकलन गर्दै निर्णय लिन न्यायाधीशहरुलाई आग्रह समेत गरेका थिए । आफूहरुको पक्षमा निर्णय आउनु पर्ने भन्दै उनीहरुले अदालतमा रहेको अन्य राजनीतिक विषयहरुमा पनि सकारात्मक निर्णय आउने आफूहरुको आशा रहेको न्यायधीशहरुलाई जानकारी गराएका थिए ।

खासगरी, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का नेताहरु केपी ओली सरकारले गरेका संवैधानिक निकायका नियुक्तिहरु बदर गराउन लागिपरेका छन् ।कायममुकायम प्रधान न्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलासमा रिटको सुनुवाई भै रहेको छ ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारले गरेका विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्ति विरुद्ध परेको रिटमाथिको सुनुवाई शुक्रबारबाट सुरू भएको थियो ।

यसअघि गत भदौ १७ गते न्यायाधीश हरि फुयाँलको एकल इजलासले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिसम्बन्धी मुद्दाको सुनुवाई स्थगित गर्न आदेश दिएको थियो ।