३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ओलीले गल्ती स्विकारे नयाँ ढंगले सोच्न सकिन्छ’



अ+ अ-

काभ्रे । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्ना गल्ती स्विकार्दै माफी मागे नयाँ ढंगले सोच्न सकिने तर्क गरेका छन् ।

जिल्ला पार्टी कार्यालय उद्घाटन र दसैंतिहारलगायत चाडको शुभकामना आदानप्रदान गर्न शनिबार बनेपामा आयोजित कार्यक्रममा उनले ओली सुध्रिएलान् भन्ने आशा भने नगरेको बताए । ‘अहिले पनि केपी ओलीले माफी माग्छन् भने, गल्ती गरेको कुरा स्विकार्छन् भने, आफ्नो कुर्सी बचाउन प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको ठान्छन् भने,’ नेपालले भने, ‘पार्टीभित्र गलत तरिका अपनाएँ भन्ने मान्छन् भने र त्यसको जिम्मेवारी मेरो हो भन्ने स्विकार्छन् भने नयाँ ढंगले सोच्न सकिएला ।’

एमालेमा ओलीले दास र एसम्यान मात्रै खोजी गरेको भन्दै नेपालले आफू र समूहले साहस गरेर विद्रोह गरेको तर्क गरे । ‘धेरैलाई लागेको थिएन संसद्मा हामी शक्तिका रूपमा उदाउनेछौं, धेरैले कानुनी मान्यता पाउने सोचेका थिएनन्,’ उनले भने, ‘अहिले प्रत्येक भाषणमा अदालत, कानुन व्यवसायीको मानमर्दन गरेको पाउनुहुन्छ, मिडिया, नागरिक समाजका मान्छेको हुर्मत लिएको पाउनुहुन्छ, निर्वाचन आयोगदेखि सभामुखविरुद्ध विषबमन गरेको देख्नुहुन्छ, यी सबै केपी ओलीको तमासा, पराजित मानसिकताको उपज मात्रै हो ।’

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पुराना भ्रष्टाचार मुद्दाको छानबिन गर्न सरकारको ध्यानाकर्षण गराए । ‘संसारमा जुनसुकै ठूला ओहोदाको व्यक्ति होस्, भ्रष्टाचारको छानबिन, कारबाही हुन्छ तर अघिल्लो सरकारको पालामा यति होल्डिङमाथि छानबिन भएन, झापाको चिया बगान, ओम्नी, हवाईजहाज, औषधि खरिद प्रकरणमा छानबिन भएन,’ उनले भने, ‘बरु प्रोत्साहन र ढाकछोप गर्ने काम भएको छ, यो सरकारले त्यसको एकएक छानबिन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराउँछु ।’

वाग्मती र प्रदेश–१ मा छिट्टै आफ्नो दलको नेतृत्वमा सरकार बन्ने भन्दै उनले अन्य प्रदेशमा पनि आफ्नो पार्टीले सम्मानजनक हैसियत बनाएको दाबी गरे । ललितपुरको गोदावरीमा सम्पन्न एमाले विधान महाधिवशेनलाई ‘तमासा’ को संज्ञा दिँदै उनले खसीबोका, कुखुराको भतेर मात्रै लागेको र विधानको ‘ब’ उच्चारणसमेत नभएको आरोप लगाए । आफूलाई पुष्पलालको उत्तराधिकारी दाबी गर्दै उनले कम्युनिस्ट पार्टीमा व्यक्तिभन्दा नीति र विचारप्रधान हुने तर्क गरे । समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।