९ भाद्र २०८३, मंगलवार
,
Latest
नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

नर्भिकमा अक्टोबर महिनाभरि म्यामोग्राम गराउँदा भारि छुट हुने



अ+ अ-

काठमाडौँ । स्तन क्यान्सर पत्ता लगाउने परीक्षण विधि म्यामोग्राम गराउनेहरुका लागि नर्भिक इन्टरनेशनल हस्पिटलले अक्टोबर महिनाभरि भारि छुट दिने भएको छ । 

ब्रेस्ट क्यान्सर(स्तन क्यान्सर) अवेयरनेस महिनाको रुपमा अक्टोबरलाई मनाउने गरिन्छ । यही अवसरमा नर्भिक अस्पतालले स्तन क्यान्सर भए नभएको पत्ता लगाउने आधुनिक परीक्षण विधि म्यामोग्राम गराउँदा लाग्ने शुल्कमा २० प्रतिशतको छुट दिने भएको हो ।
 
अक्टोबर महिनाभरि म्यामोग्राम गराउँदा नर्भिकमा २० प्रतिशत छुट पाइनेछ । अस्पतालको प्यासेन्ट सर्भिस डिपार्टमेन्टका प्रमुख अंकित अग्रवालले भने, " हामीले विशेष छुटको स्किम ल्याएर स्तन क्यान्सर सचेतना महिनालाई विशेष बनाउन खोजेका हौं ।'

नर्भिकले यस्ता विशेष अवसर, चाडपर्व लगायतमा समेत छुटको विशेष प्याकेज घोषणा गर्दै आइरहेको छ । नर्भिकले प्रत्येक शनिवार संचालन गर्ने निःशुल्क ओपिडी अभियानप्रति पछिल्लो समय सर्वसाधारणको आकर्षण बढ्दो छ ।