९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५०० चिनी मिल अध्ययन कार्यदलबाट स्थलगत अध्ययन मलेसियामाथि नेपालको जित उच्च अदालत सुर्खेत जुम्ला इजलासद्वारा ९५ प्रतिशत मुद्दा फछ्यौट लुम्बिनी प्रदेशमा तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मृगौला रोगीले शनिवार नर्भिकमा फ्री ओपीडी सेवा पाउने



अ+ अ-

काठमाडौं । फागुन २१ गते शनिवार(भोलि) नर्भिक अस्पतालको यूरोलोजी टिमले निःशुल्क ओपिडी सेवा संचालन गर्ने भएको छ । 

यो दिन प्रा.डा. रविन जोशी, डा. इशान मल्ल नेतृत्वको यूरोसर्जरी तथा यूरोलोजी टिमले निःशुल्क जाँच, परामर्श तथा उपचार सेवा दिन लागेको हो । केही साता रोकिएर पुनः सुचारु भएको निःशुल्क ओपिडी सेवा बिहान ९ः३० बजेदेखि ११ः३० बजेसम्म(२ घण्टा) संचालन हुने अस्पतालले जनाएको छ । 

मृगौला, मूत्रनली र मूत्रथैलीमा पत्थरी र क्यान्सर, प्रोस्टेट, अण्डकोष र हर्नियाको समस्या भएका बिरामीहरुले निःशुल्क ओपिडीमा सहभागी भई निःशुल्क परामर्श सेवा लिनसक्नेछन् । 

निःशुल्क ओपिडी सेवा लिन चाहनेले नर्भिक अस्पतालको कल सेन्टरको नम्बर ५९७००३२ तथा ह्वाट्स वा भाइबरबाट नाम टिपाउन चाहनेले ९८८०८८८००० मा सम्पर्क गरेर आफ्नो नाम अग्रिम टिपाउन सक्ने सुविधा समेत उपलब्ध छ । 

कोभिड संक्रमणका कारण रोकिएको नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियान गत सातादेखि पुनः सुरु भएको थियो ।