काठमाडौ । बिजया दशमीको आज दोश्रो दिन एकादशी , मुलुकका बिभिन्न भागमा आज पनि टीका लगाउने क्रम जारी छ । बिजया दशमीको दिन आफन्त संग टिका लगाउन नभ्याएकाहरुले आज पनि आफन्त र मान्यजनबाट टीका, जमरा ग्रहण आशीर्वाद लिने प्रचलन रहेको ट । जसका कारण बिहान चहलपहल सुरु भएको छ ।
चहल पहल बढेसंगै फलफुलको व्यापार बृद्धि भएको छ भने सार्वजनिक तथा निजी सबारी साधनहरुको चाप बढ्न थालेको छ । बिजयादशमी देखी कोजाग्रत पूर्णिमा सम्म टिका लगाउने चलन रहेको छ । कोजाग्रत पूर्णिमाका राति जाग्राम बसी महालक्ष्मीको पूजा आराधना गरेपछि बडादशैँ समाप्त हुन्छ ।








